एउटा स्वतन्त्र रास्ट्र अखन्ड रहन्छ कि ।संघियप्रदेश !

२०७३ मंसिर २१ मंगलवार
Shikhar News Admin

कृष्ण बोहरा (यात्री )
हिजो पञ्चायती व्यवस्थाका निर्माता महेन्द्रले पहाडीयाहरूलाई तराईमा पनि वस्ती बसाउने वातावरण मिलाएर त्यसै अनुरूपको भौगोलीक विभाजन गरेका थिए तर भावनात्मक एकता एकदम कम थियो।मधेशका मुख्य शहर कब्जा गरेर बसेका पहाडीया समुदायका मान्छेको अहिलेको अखण्डताको आन्दोलन चरम महेन्द्रीय राष्ट्रवादको नमुना हो।साम्यवादी व्यवस्था तर्फ उन्मुख हुँदै गएको देश जातको पहिचान खोज्दैछ।जव जात र वर्ग रहन्छ तब त्यो देश साम्यवादी बाटोमा कसरी हिँड्छ?जात र वर्गकै कारण उत्पन्न भएको समाधानका लागी युद्ध लडेको माओवादीको शक्ति क्षिण बन्दै जानु र महेन्द्रको भौगोलीक राष्ट्रवाद हावी हुनुको परिणाम देखिदैछ।मधेशमा बस्ने जनता भारतीय नागरिक हुन भने हिमाली भेगमा बस्ने जनता चाइनीज हुन त?नेपालको आन्तरिक संरचनाको समाजशास्त्रीय ढङ्गबाट व्यापक वहस हुन नसक्नु,सम्पती तथा भूमिमा राज्यको नभएर व्यक्तिको एकाधिकार हुनुले र पहाड र तराई दुबै ठाउँमा सम्पत्ती हुनुले पनि यो अवस्था देखिदैछ।पूर्वी पहाड र पश्चिमी पहाडका कति प्रतिशत जनताको सम्पत्ती पहाड र तराई दुवै ठाउँमा छ?एउटा स्वतन्त्र राष्ट्र अखण्ड रहन्छ की संघीय प्रदेश?सेना, संविधान तथा विदेश नीति संघीय प्रदेशले बनाउँछ की सिंगो देशले?पहाड र तराईँलाई छुट्याए पछि भारतले तराईको भूमि कब्जा गर्ने नत्र गर्न नसक्ने मनोविज्ञानको निर्माण कसरी भयो?हजारौँ प्रश्न माथि वहस गर्नु पर्छ।सुदूरपश्चिमका बहुसङ्ख्यक थारू समुदाय र दलित समुदाय त्यस क्षेत्रका मुख्य बजार भन्दा टाढा गाउँमा सारिन किन बाध्य भए?आज पनि पहाडबाट तराईमा वस्ती सर्नेको लर्को किन बाक्लो छ?हिन्दु धर्म र दर्शनले स्थापना गरेका पछिल्लो समयका मान्यतामा राजनीतिक हस्तक्षेप र तानाशाही प्रवृत्ती हावी भए पश्चात निर्माण भएको नेपाली समाजमा समानताको चेतना विकास हुन अँझै एकहजार वर्ष लाग्छ।बौद्धिक जमात भारतीय खुविया एजेन्सी ‘र’ तथा अमेरिकी खुबिया एजेन्सीको एजेण्ट बन्न छोडेर नेपाली समाज माथि व्यापक वहस गर्नमा लागोस।देश निर्माणका निर्माता देश बनाउनमा लागुन।नेपाल देश र नेपाली जनता सदैव स्वतन्त्र छन।