अब रवी लामिछानेको कार्यक्रम’सिधा कुरा जनतासँग’

२०७३ मंसिर २२ बुधवार
Shikhar News

२२ मंसिर, काठमाडौं । नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भय लगतै नेपाल टेलिभजन बाट एक विषेस कार्यक्रम प्रसारणको थालनी भयो । कार्यक्रमको नाम थियो ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमका परीकल्पनाकार तथा प्रस्तोता थिए कुसल संचारकर्मी रवी लामिछाने । कार्यक्रम चर्चित भयो । हरेक शनिवार राती कार्यक्रम हेर्न दर्शकहरु कुरेर नेपाल टेलिभिजन तिर रिमोट दबाउन थाले ।

कार्यक्रमले राम्रै हाइप कमाउदै थियो । यतिकैमा सरकार परिवर्तन भयो । केपी ओलीको सरकार ढल्यो र माओवादी किन्द्रका अध्यक्ष कामरेड पुष्प कमल दाहाल’प्रचण्ड’प्रधानमन्त्री भए । प्रचण्ड प्रधानमन्त्री भए लगतै कार्यक्रमका परिकल्पनाकार तथा प्रस्तोता रवी लामिछानेको ठाउँमा पनि कार्यक्रम प्रस्तोताको परिवर्तन गरियो । कार्यक्रम प्रस्तोताका रुपमा माओवादी केन्द्र समर्थक एक पत्रकारको उदय भयो र कार्यक्रमका खास ओनर रवी लामिछाने बाट उक्त कार्यक्रम खोसियो । यसरी एक पटक वर्ताको मौका समेत नदियर छापामार शैलीमा आफ्नो कार्यक्रम खोसिय पछी पत्रकार रवी लामिछानेले आफ्नो कार्यकमको लोगो र अभधारणा परिवर्तन गर्न आफ्नो फेसबूक पेज बाट प्रधानमन्त्री प्रचण्ड र पत्रकारलाई सुझाय तर पनि कार्यक्रम हाल सम्म सोही मोडलमा प्रसारण हुँदै आईरहेको छ ।

सरकारको यस्तो गतिविधीको बिरोध सर्वसाधारण बाट पनि भयो । सामाजिक सन्जालमा रवी लामिछानेको समर्थनमा एउटा टेलिभिजन कार्यक्रमको प्रस्तोतालाई नै परिवर्तन गरेर सरकार प्रमुखले आफ्नो हैसियत देखायको आसयका अभिव्यक्तीहरु पोस्ट हुनथाल्यो । यो बिषयमा नत नेपाल टेलिभिजनले स्पष्टिकरण दियो नत सरकारले नै आफ्नो मुख खोल्न चायो ।

यस पछी रवी लामिछानेले आफ्नो खोसियको कार्यक्रमलाई अब जनता सामु लानु पर्छ भन्ने महसुस गरेर सो अवधारणालाई परिवर्तन गर्दै कुनै पनि राजनीति नगरि नेतालाई पसिना छुटाउने गरी प्रश्न नसोध्ने बरु जनता सँग प्रत्यक्ष जोड्ने जमर्को गरे र कार्यक्रम ‘सिधा कुरा जनता सँग’ ल्याउने भए । सरकार,मन्त्री र प्रधानमन्त्री फेरी रहन्छन तर यसरी फेरिने सरकार मन्त्री र प्रधानमन्त्रीले सर्वसाधारण जनताको इमन्दारिताको दमन नगरोस । जनताका काम राष्ट्रसेवक कर्मचारीले बिना खुस ढिला नगरि गरीदियुन गर्वले म सचेत जनता भन्न सकु भन्दै जनताको चासो,गुनासो र प्रश्न सहितको विशेष कार्यक्रम ‘सिधा कुरा जनता सँग’आउने मङ्लवार,बिहिवार र शनिवार देखी न्युज २४ टेलिभिजन बाट प्रत्यक्ष प्रसारण हुँदैछ । जनतालाई पनि उक्ता कार्यक्रम कहिले प्रसारण हुन्छ भन्ने बेग्र प्रत्छ्या छ ।