‘कसम हो कसम’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड

२०७३ चैत १५ मंगलवार
NewsDesk ShikharNews

आइतबार बेलुकी सार्वजनिक गरिएको चलचित्र ‘ए मेरो हजुर २’को ‘कसम हो कसम’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड बनाइरहेको छ । गीत सार्वजनिक भएको २ दिन नवित्दै यसको भिडियो युटुबमा १ नम्बर ट्रेन्डिङमा छ । गीत हेर्नेको संख्या यो समाचार तयार पार्दा सम्म ६ लाख २३ हजार पुगेको छ । यो, नेपाली चलचित्रको गीतको भिडियोका लागि सुखद पक्षपनि हो ।

यसै क्रममा नायिका तथा निर्देशक झरना थापाको जन्मदिनको उत्सब मनाउने क्रममा झरनाले के भनिन त? हेरौ ।

https://www.youtube.com/watch?v=LHyQYMPWtEA&t=550s

नायिका झरना थापाको डेब्यू निर्देशनमा बनेको यो चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत लगायतका कलाकारको अभिनय छ । गीतमा साम्राज्ञी र सलिनमानको जोडीलाई दर्शकले निकै मन पराएका छन् । सलिनमानलाई नयाँ स्टारको रुपमा चर्चा गर्नेहरुको संख्या पनि कम छैन ।केहि समय देखि झरना र रेखा थापा  बीचको दुरीको कुरा चलेपनि आईतवार झरनाको जन्मदिनमा यस्तो देखियो ।

https://www.youtube.com/watch?v=eZ226xB4rEw&t=524s

सुनिल कुमार थापाले यो चलचित्रको निर्माण गरेका हुन् । रेनशा वान्तवा राइले भिडियोको कोरियोग्राफी गरेकी छिन् ।विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालमा खिचिएको यो गीतको भिडियोलाई संजय लामाले उत्कृष्ट तबरले क्यामेरामा कैद गरेका छन् । नेपालमा पनि यस्तो आकर्षक लोकेशन छ भनेर छक्क पर्नेहरु पनि धेरै भेटिएका छन् ।

यो गीतको भिडियोले छोटो समयमा नै तहल्का पिट्नुको पछाडि नायिका साम्राज्ञीको क्रेज हो या दृश्यको ? छुट्याउने जिम्मा तपाइलाई नै ।