कथा : “तिनै हुन मेरी आमा”

२०७४ वैशाख ५ मंगलवार
NewsDesk ShikharNews
कथा :- “तिनै हुन मेरी आमा”
कथाकार :- “अमन थापा”
आजकल म फेसबुकमै ब्यस्त हुने भएकाले फोन र म्यासेज
एकदमै कम आँउछन् । सामान्य देखि खबर खाबर
फेसबुकमै कुरा हुने भएकाले मोबाइलको घण्टी बज्दा
लाग्छ, जरुरी फोन हो……………..
डिउटी जाने बेला हुन
लाग्दै थ्यो, म बाथरुममा नुहाउदै थिएँ । भित्र
कोठाबाट साथी करायो “ओइ, छिटो निस्की” ,
तेरो फोन आयो घरबाट । घरबाट भन्ने शब्द सुन्ना
साथ अत्तालिएर बाहिर निस्कें । खुट्टामा साबुन
पखालिएकै रहेनछ, प्यासेजमा चिप्लेर लडें
…………………..
उठेर हतार हतार कोठामा आइ फोन
रिसिभ गरें……………………………………….
गाँउबाट आमाले फोन गर्नु भएको रहेछ…………………
आमा बोल्नु भयो :- “बाबु, कत्ती ढिलो फोन
उठाको ?” नुहाउदै थिएँ आमा, डिउटी जाने बेला
भयो नि त………………….
मसिनो स्वरमा आमा बोल्नु
भयो :- ” बाबु, तँ सञ्चै त छ ?”
मैले केहि बोल्न नपाउदै फोन काटियो………………….
फेरी कलब्याक गरें…………
फोन लागेन……………
स्विच अफ भन्यो
………………………………
गाँउमा हावा हुरी चलेर बिजुलिको पोल ढल्यो
होला………………………..
आमाले फोन चार्जमा लाउन
भुल्नु भयो कि……………………….
आमा आफु हर पल आँसुमा डुबेर, पिडामा पिल्सिएर,
अभावमा मुस्कुराउदै सन्तानलाइ सोध्छिन सन्चै छस्
बाबु ? साँच्चै, आमालाइ त्यसै आमा भनिएको होइन
रहेछ ………………………..
अनेक कुरा मनमा खेलाउदै डिउटि
हिडें………………..
मनमा आमाकै तस्विर नाचिरह्यो ।
ति चाउरी परेका गाला, सेतै फुलेका कपाल अनि
फिस्स हाँस्दा अगाडी पट्टी दाँत फुक्लिएर गिंजा
मात्र देखिने आमाको त्यो निर्दोस
अनुहार………………..
आँखा भरी डुलिरहे……………………….
बस चढ्नै लाग्दा, बालापनका केहि नमेटिमे यादहरुले
छोप्यो मलाइ…………………….
जसरी हावा हुन्डरी
आउनु अघि कालो बादलले
छोप्छ………………….
हातमा सिर्कनो बोकी आमा
मलाइ लखेट्दै हुनुहुन्थ्यो…………………
म अघि अघि
भाग्दै थिएँ…………………….
आमा कराउदै हुनुहुन्थ्यो :- “तँस् बज्यालाइ पख न”
भेटु न मात्रै…………..
काँइला बा को घर पछाडीको
लिच्चीको बोटमा चढी भका भकी लिच्ची टिप्दै
खाँदै थें म। खै कताबाट हो, आमाले देख्नु भएछ ।
पटुका कस्दै कराउँदै आउँदै गर्दा मैले देखि हालें ।
हतार हतार ओर्लिने भाको, कट्टुको पछाडीको
भाग त्यातिएछ  लिच्चीको ठुटामा अल्झिएर
………………
म अघि अघि भाग्दै थिएँ । आमा पछि
पछि लखेट्दै हुनुहुन्थ्यो ।
म एक्कासी लडें।फर्सीको लहरामा अल्झिएर।
मकैको ढोडले आँखामा घोचेछ। धेरै दुख्यो। म रुन
कराउन थालें। आमा आत्तीदै आइपुग्नु भयो । वास्तै
नगरी ध्वार्र सारीको एक छेउ च्यात्नु भयो, म बलौटे
माटोमा लडेको हुँदा, कुहिनामा अलिकता
पिल्सिएछ ।

म बलौटे
माटोमा लडेको हुँदा, कुहिनामा अलिकता
पिल्सिएछ ।
रगत आँउदै थियो । सारीको टुक्राले रगत पुस्दै फेरी
आमा कराउन थाल्नु भयो :-” तँस् बज्यालाइ हिड्न
नि आँउदैन, होस गरेर हिड्नु पर्दैन ? ”
हिनेर हैन के आमा, म त कुदेर पो लडेको । फेरी
जिस्किन्छस्, बुढी भाकी आमा संग ? भन्दै कान
बटार्न खोज्दै हुनु हुन्थ्यो। मेरो पिल्सीएको
कुहिनामा ठोक्कीयो आमाको हात , म फेरी
आइया भन्दै चिच्याँए । दुख्न त मलाइ पो दुखेको
थियो तर बररर आमाले आँसु खसाल्नु भो।
कुहिनामा सारीको टुक्राले बाँधेर आँखामा तातो
बाफ दिइ फु….. फु………. गर्न थाल्नु भयो । जति
तातो सास मेरो आँखामा पुगे पनि मेरो कपालमा
आमाका चिसा आँसुका थोपाहरु खस्न रोकिएनन् ।
……………………….
काँइला बा को बारी देखि घर सम्मै आमाले मलाइ
अंगालोमा च्यापेर ल्याउनु भयो । आँउदै गर्दा
बाटोमा मैले भनेको थिएँ “आमा”
हुँ ?
मलाइ उ त्यो आँप टिपी दिनुनू ।
काँचो आँप खानु हुदैन बाबु, मासी पर्छ।
बाटोमा म घरी कटहर माग्नु न आमा, कस्तो खान
मन छू भन्थें, कहिले मकै, कहिले फर्सी। बाटो भरी
आमालाइ वाक्कै लगाएँ।
तर यो पल्ट आमा झर्कीनु भएन। फकाइ फुल्याइ घर
ल्याउनु भयो , घरमा खाने चामलको दानो सम्म
थिएन ।
अलि पर कर्कीनी बजैको बाट एक मानो चामल
पैंचो ल्याउनु भयो। भात पकाउनु भयो अनि
अलिकति भात कपडामा बेरेर मेरो आँखा सेक्न
थाल्नु भयो। मलाइ आँखा र कुहिनो दुखेकोले भन्दा
पनि आमाको आँसु देख्दा दुख लाग्यो , पछुतो भयो।
आमाले गुन्द्रुकको रस भुलुक्क उमाल्नु भयो । त्यस
रात आमाले र मैले सँगै भात खायौं । साँच्चै, कति
मिठो मानी मानी मैले भात खाएको थिएँ त्यस
रात।
…………………………………
आमाको काखमा बसाएर मलाइ कसैले बिष दिए
पनि म चुपचाप पिइ दिने
थिएं । हो, यस्तै लाग्छ मलाइ अहिले । म यहाँ
परदेशमा छु।आमाको काखमा नबसेको वर्षौं भयो ।
वहाँको
बोली सुन्न त हप्तौं कुर्नु पर्छ ।

डिउटी सकेर म कोठा फर्कन तरखर गर्दै थिएँ ।
फेरी मोबाइलको घण्टी बज्यो ।
फोन उठाएर हेलो आमा……….
मात्र के भनेको
थिएँ…………
उता बाट रुन्चे आवाज आयो
” भाइ, म कर्कीनी बजैको छोरा, भिमे बोलेको ,
तेरी आमा सकिनु भयो,
मिल्छ भने छिटो टिकट गरेर आइज। हामी यहाँ
भोली बेलुकी सम्म
तेरो बाटो हेर्छौं । ” ……………..
मोबाइल हातबाट
भुँइमा खसेछ…………..
म अचेत झैं भएछु…………
साथिहरुले
पानि छ्यापेर होसमा ल्याए ।
आफूलाइ सम्हाल्दै कम्पनिमा आफू घर जानु पर्ने
कारण बताएँ। कम्पनिले ३ महिनाको लागि विदा
दियो । भोलि पल्ट बेलुकीको मात्र टिकट कन्फर्म
भयो । केहि तलब त केहि साथि भाइ संग सरसापट
गरी पैसाको ब्यवस्था मिलाएँ । कोठा पुग्दा
बेलुकी अबेर भैसकेको थियो ।
अन्तिम पटक आमाको मुख सम्म हेर्न नपाइने पिरले
झन निचर्यो मलाइ । राती कति बेला हो, बेहोसीमै
निदाएछु।…………………..
मनमा अनेक कुरा खेलाउँदै
भोली पल्ट म एयरपोर्ट पुगें। पहिले गाउँमा कसैले
भनेको याद आयो वास्तवमा ति मेरी आमा हैनन् रे ।
मेरो बुवा रक्सी धेरै खाएर क्यान्सर भइ मर्नु भा रे।
आमाले मेरो वास्ता नगरी अर्कै संग पोइला जानु
भा रे। मेरो बिजोग देखेर तिनै बुढी आमाले पाल्नु भा
रे मलाइ। यस्तै यस्तै कुरा गर्थे गाउँलेहरु मेरो बारेमा ।
मलाइ मेरो आमा बाबुको अनुहार सम्म याद छैन ।
याद गर्ने कोसिस पनि गर्दिन । लाग्छ, गाउँलेहरुले म
संग झुठ बोल्दैछन् ।
……………………………..
जसले जे भनुन् मेरी आमा तिनै हुन् । जसको काखमा म
हुर्कीएँ। मलाइ तिनै सेतै फुलेकी, चाउरी परेकी बुढीले
जन्म दिएकी हुन् ।
अनि तिनै थोति, हिस्सी परेको अनुहार हेर्दै म
हुर्कीएको हुँ । साँच्चै, मेरी आमा तिनै हुन्। हो, तिनै
हुन् मेरी आमा।
…………………………….
म कति बेला गाँउ आइपुगें आफैंलाइ पत्तै भएन
………… बाटोमा कति जनाले बोलाए, र मैले को संग
के भनि बोलें , आफैंलाइ
होस रहेन । मनमा आमाकै मात्र तस्वीर
थियो…… आँखामा तिनै आमाको
अनुहार………………………….
काँइला बा को घर अघि
आइ पुगें।
पछाडी लिच्चीको बोट सम्म जान मन लाग्यो ।
लिच्चीको फेद बाट कुनै बालक च्यातिएको कट्टु
समात्दै ( तान्दै) भाग्दै
गरेको देखें। पछाडी पछाडी एउटी बुढी आमै खेदाउदै
थिइन्। बालक लड्यो। सबै सबै कुरा आँखामा
नाचिरहे।
…………………………….
यसो आफैंलाइ हेरें, जिन्सको पैन्ट लाएको रहेछु। पेन्ट
फालेर त्यस्तै च्यातिएको कट्टु लगाउन मन लाग्यो।
अनि बारी बारी आमाको अघि अघि कुद्न मन
लाग्यो|
पर खोला तर्दा जुत्ता खोलेर चप्पल लगाको थिएँ।
हिड्दा हिड्दै ढुंगामा ठेस लाग्यो। ठेस लागी नङ
बाट रगत बग्यो।
“आमा “
भन्दै म चिच्याएछु ।
फेरी पनि आमाको सारी च्यातेर घाउमा मलम
लगाउन मन लाग्यो
…………………………………………..
एक्कासी कहिं बाट
तातो हावाको झोकाले मेरो खुट्टामा स्पर्स
गर्यो………………
सम्झें, आमाले फुकी रहनु भएछ…….. यतै
कतै बाट……….. पछाडी कोहि बोले जस्तै आभाष
भो…….तँस् बज्यालाइ , हिड्न नि आउँदैन ? होस गरेर
हिड्न पर्दैन ? ……..आफसे आफ मेरा ओठहरु चल्न
थाले……………
हिड्न नजानेर हैन के आमा, आँखा भरी
हजुर नै हुनु हुन्थ्यो…………………….
म बिस्तारै ओरालो
झर्दै गएँ। बाटा भरी लटरम्म आँप फलेको
देखें………. बारी भरी मकै देखें ……………..
फर्सीका
लहराहरु देखें………….. आमाले मासी पर्छ, काँचो आँप
खान हुन्नू भनेको सम्झिएँ………….
एउटा आँप टिपी
हातले सुम्सुम्याउँदै कर्कीनी बजैको घर अगाडी आँए।
भित्रै देखि भक्कानो फुट्ला जस्तो भयो। जसो
तसो सम्हाले आफूलाइ। …………………………………….
एक छिन हिने पछि घर अगाडी आइपुगें। भित्र बाट
मधुरो आवाज आयो “बाबु, आइज, मैले गुन्द्रुक र भात
पकाको छु । तैले कमाएर पठाको
पैसाले वास्मति चामल पो किनेको छु त । यि हेर त ,
तँ आउँछस् अनि संगै खाउँला भनि पर्खी बसेको ।आइज
मेरो काखमा बस् । म
तँलाइ भात खुवाइ दिन्छु ।”
……………………………
“सुनिस् तैलें ? थाकेर आइस होला झोला बाहिरै राख
है”
म झोला राखेर भित्र पसें।
कोठा भरी जालै जालो थियो।
केहि सामानमा ठोक्कीन पुगें म………………..
मोबाइलमा टर्च बाली हेर्दा…….त्यहि गुन्द्रुक
पकाउने कराइ रहेछ………………..
खै के भो के भो ?
गर्लाम्म त्यहि कराइ छातिमा टाँसेर क्वाँ
क्वाँ रोएँ…………….
त्यहिं कहि नजिकै बाट मधुरो आवाज आउँदै
थ्यो………………..
“तँस् बज्यालाइ, होसले आँखा हेरेर हिड्न आउँदैन ? ”
म केहि बोल्न खोज्दै थिएँ।
मुख बाट केहि शब्दै निस्किएन।
मात्र आँखा बाट निरन्तर आँसु खसि रहे।
“तिनै मेरी आमाको यादमा।” ……
. . . . . . . . . . . . . . . . . . . . . . . . .
कथाकार :- “अमन थापा”