हिमालय एयरलाइन्सको सिधा दुबइ उडान सुरू !

२०७४ वैशाख १६ शनिवार
Shikhar News Admin

काठमाडौं: निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले शुक्रबार देखि दुबईको सिधा उडान सुरू गरेको छ।एयरलाइन्सले शुक्रबार १०ः४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईको लागि उडान गरेको हो।

एयरलान्सले सातामा तीन दिन तीन वटा एयर बस ३२०-२१४ मध्ये एउटा एयरबस मार्फत सोमबार, बुधाबार र शुक्रबार नियमित उडान गर्ने जनाएको छ । हिमालयले अहिले ८ वटा विजनेश क्लास र १५० वटा इकोनोमिक्स सिट क्षमता भएको जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

‘दुबईको दैनिक उडान प्रारम्भ गर्नु हिमालय एयरलाईन्सको लागि एक महत्वपूर्ण उपलब्धि हो’, हिमालय एयर लाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ भन्नुहुन्छ, ‘ अब एयर लाइन्सले मध्य(पूर्व क्षेत्रबाट पर्यटकहरुको आगमन र बहिगर्मनमा थप बढावा प्रदान गर्नेछ।’

साथै एयरलाइन्सले पहिलो चरणमा काठमाडौं-दुबइ-काठमाडौंको प्रवद्र्धनात्मक भाडादर ३० हजारदेखि सुरु गरेको छ।एयरलाइन्सले फिस्टल ट्राभल एण्ड टुरिजम (एलएलसी) दुबईलाई युनाइटेड अरब अफ इमिरेट्सको लागि जेनरल सेल्स एजेन्ट छनोट गरेको छ।

जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकटसेवाको प्रतिनिधित्व गर्नेछ।२०१४ मा स्थापित एयरलाइन्सले हाल मलेसियाको क्वालालम्पुर, कतारको दोहा, श्रीलंकाको कोलम्बो र म्यानमारको याङगुनमा सिधा उडान गर्दै आएको छ।

साथै एयरलाइन्सले आगामी दिनमा बाइडबडी ३३० का जहाज ल्याएर जापान, कोरिया, युरोप, अमेरीका लगायतका गन्तव्यमा पनि आफ्नो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

(Klonopin)