चेल्सीले मिडिल्सब्रोलाई हरायो, उपाधिका लागि एक जित आवश्यक

२०७४ वैशाख २६ मंगलवार
Shikhar News
२६ बैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सीले मिडिल्सब्रोलाई हराएको छ र, उपाधिबाट एक जित मात्र टाढा छ ।सोमबार राति भएको भेटमा चेल्सीले मिडिल्सब्रोलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमामा भएको खेलमा चेल्सीले २३ औं मिनेटमा डिएगो कोष्टाको गोलबाट अग्रता लिएको थियो । ३४ औं मिनेटमा एलोन्सोले गोल गरेपछि पहिलो हाफमा घरेलु टोलीले २-० को अग्रता लियो ।

६५ औं मिनेटमा माटिकले गोल गरेपछि चेल्सीले मिडिल्सब्रोमाथि ३-० को जित हात पारेको छ ।

जितपछि चेल्सीको ३५ खेलबाट ८४ अंक भएको छ भने दोस्रो स्थानमा रहेको टोटनह्यामको ७७ अंक छ ।