शुक्रबारदेखि डिके देवानको ‘तारेभीर’ रिलिज हुँदै

२०७४ असार १ बिहीवार
NewsDesk ShikharNews

काठमाडौं । आउँदो शुक्रबारदेखि नेपाली कथानक फिल्म ‘तारेभीर’ दर्शकमाझ रिलिजमा आउँदैछ । निर्माण पक्षका अनुसार फिल्म देशभक्ती हुनुका साथै फिमेल एक्शन ओरिन्टेड रहेको छ, भने फिल्ममा कमेडी, एक्शन, लभस्टोरी लगायतका सबै खुराकको मिश्रण रहेको छ । त्यस्तै, निर्माता देवानका अनसार तारेभीर राष्ट्रिय भावनाले ओतप्रोत फिल्म रहेको छ ।

फिल्मलाई काठमाडौं, दोलखा, सिन्धुलीलगायतका रमणिय ठाउँहरुमा खिचिएको छ । नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको ब्यानरमा फिल्मलाई डिके देवानले निर्माण गरेका हुन्, भने प्रेम सुब्बाले निर्देशन गरेका हुन् । निर्देशक सुब्बाका अनुसार फिल्ममा नेपाल प्रहरी प्रशासनका साथै लेडिज एक्शन र सेन्टिमेन्टललाई प्रस्तुत गरिएको छ ।

फिल्ममा बिष्णु चेमजोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, डिके देवान, दिपेश श्रेष्ठ, मञ्जु श्रेष्ठ, रञ्जीत राणा, निर्मल थापालगायतको मुख्य भूमिका रहेको छ ।

तारेभीरको कथा निर्देशक सुब्बाको रहेको छ, भने फिल्ममा गोबिन्द राई र दिनेश माङ्ग्मुको नृत्य निर्देशन रहेको छ । फिल्मको गीत संगीतलाई प्रकास गुरुङ, सनुप पौडेललगायतको रहेको छ । त्यस्तै जनक गुरुङ्गको द्वन्द निर्देशन रहेको छ । यस फिल्म मोफसलको ३७ वटा र उपत्यकाभित्र ११ वटा हलमा लाग्दैछ ।