निर्वाचनका कर्मचारी बोकेको बस दुर्घटना, तीनजना घाइते..

२०७४ असार ९ शुक्रवार
Newsdesk shikharnews

असार, ओखलढुंगा । निर्वाचनका लागि खटाइएका मतदान अधिकृत र कर्मचारी बोकेको बस शुक्रबार ओखलढुंगामा दुर्घटना भएको छ ।

 

सिद्धिचरण ननगरपालिका-११ ओखरबोटमा भएको दुर्घटनामा ३ जना कर्मचारी घाइते भएका छन् ।

घाइते हुनेहरुमा भगवति भट्टराई, ज्ञानकुमारी निरौला र टंकप्रसाद शर्मा रहेका छन् । सामान्य घाइते उनीहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भएको छ ।

चिसंखुगढी गाउँपालिकामा खटाइएका कर्मचारी तथा निर्वाचन सामग्री लिएर हिडेको ना २ ख ७३०४ नम्बरको बस दरमुकामबाट दुई किलोमिटर अघि नपुग्दै दुर्घटना भएको हो ।

बस दुर्घटनामा परेपछि उनीहरु ढोकाबाट हामफाल्दा लडेर घाइते भएको प्रहरीले जनाएको छ । अन्य कर्मचारी भने कार्य क्षेत्रमा खटिएका छन् । बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

यात्रुहरुले भने चालकले लागु औषधसेवन गरेर बस चलाएको आरोप लगाएका छन् ।