नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन

२०७४ साउन १ आइतवार
NewsDesk ShikharNews

काठमाडौँ ।  बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै नयाँ शक्ति विद्यार्थी युनियनले विरोध प्रदर्शन गरेको छ । राजधानीको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा  विद्यार्थी युनियनले ‘बुढीगण्डकी बचाऔं’ भन्दै विरोध पर्दशन गरेका थिए ।

बुढीगण्डकी सम्झौता खारेजको माग र सम्झौता गर्ने मन्त्रीलाई कारबाहीको माग गर्दै नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई गत असार २८ गते १६ बुँदे ज्ञापन पत्र समेत बुझाएका थिए ।

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)सँग गत जेठ २१ गते सम्झौता गरेको थियो ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा तत्कालिन उर्जामन्त्री जनार्दन शर्मा र सीजीजीसीका अध्यक्ष एलभी जेजियाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।