यो युग काम गर्ने युग हो, भाषण गर्ने होइनः उर्जामन्त्री शाही

२०७४ साउन २७ शुक्रवार
Manisha Tripathee

काठमाडौं, २७ साउन । उर्जामन्त्री महेन्द्र बहादुर शाहीले यूवाहरु मुलुक निमार्णका लागि गम्भिर बन्नुपर्ने बताएका छन् ।

यूवा गैर सरकारी संस्था महाँसंघ नेपालले राजधानीको पर्यटन बोर्डमा आयोजना गरेको यूवा सम्मेलन २०७४ को सम्बोधन गर्दै मन्त्री शाहीले यस्तो बताएका हुन।

यूवाहरुले अरुलाई दोष दिएर मात्रै मुलुक निर्माण नहुने बताउँदै मन्त्री शाहीले भने, ‘यूवाहरु विहानीका घाम हुन, बृद्धाहरु अस्ताउन लागेका घाम हुन, यूवाको काँधमा मुलुकको ठुलो भूमिका छ, अबको यूग भनेको कामगर्ने यूग हो, भाषण गर्ने यूग होइन ।’

मन्त्री शाहीले अघि थपे,‘म उर्जा मन्त्री भएको नाता यस क्षेत्रमा धेरै काम गर्नुपर्नेछ, म प्रयास गरिरहेको छु, हाम्रो खोलामा पानी बगेको छ, खेतबारी बाँझो छ, खोलामा पानी बगेको छ खाने पानी छैन्, खोलामा पानी बगेको छ हामी अँध्यारोमा बस्न बाध्य छौँ, त्यसैले हामी भाषण गर्नु भन्दा पनि काम गर्नतर्फ लागौ यसैमा सबको भलो हुनेछ।’

त्यसै गरि पत्रकार ऋषि धमलाले यूवाहरुले राज्य सञ्चालनको हकमा सहभागिताको माग गरेर मात्रै नहुने बताएका छन् ।

उनले भने, ‘स्व.पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईराला पाको उमेरमा पनि जोशिलो हुनुहुन्थ्यो, आज हामीले सहभागिताको लागि कुरा गरिरहेका छौँ, कर्तव्यवान र नैतिकवान हुन सकेका छैनौ, यूवाहरु सक्रिय हुनुपर्छ, गुनासो गरेर मात्रै हुँदैन।’
उनले अघि थपे,‘राजनीतिमा यूवाको सहभागिता नभएको कहाँ होर, हाम्रा यूवा नेतासँग भिजन छैन्, अबका यूवाले बलियो भरपर्दो, शसक्त तरिकाले आफुलाई उभ्याउन सक्नुपर्छ।’

त्यस्तै कार्यक्रममा पूर्व सार्कका महासचिव अर्जुन बहादुर थापाले यूवाहरु दुरपयोग भईरहेको दावि गरे ।

उनले भने,‘हाम्रो देशका यूवाहरु विभिन्न काममा दुरपयोग भईरहेका छन्, यूवाले आफुलाई चिन्नु पर्छ, अहिले पछिल्लो समयमा भारत र चिन बीचमा पानी बाराबारको स्थिति छ, यस्तो स्थितिमा हाम्रा यूवाहरु मर्ने हुनकी भन्ने मेरो चिन्ता छ।’

त्यस्तै यूवा परिषदका अध्यक्ष सरोज बानिया,संस्थाका पूर्वा अध्यक्ष शंकर श्रेष्ठ, यूवा गैर सरकारी संस्था महासंघ काठमाडौका सचिव धनराज वास्तविक लगायतले यूवाको वर्तमान स्थिति र भविष्यका बारेमा आफ्ना कुरा राखेका थिए।

कार्यक्रम संस्थाका केन्द्रिय अध्यक्ष नारायण गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।