बबईमा पुनः बाढी, जोखिममा रहेका बस्ती सारियो (फोटोफिचर)

२०७४ साउन २८ शनिवार
Sujan Panta
बबईमा पुनः बाढी, जोखिममा रहेका बस्ती सारियो (फोटोफिचर)

तुलसीपुर । बबई नदीमा आएको बाढीले शुक्रबार राती १ः३० बजे देखि तुलसीपुर नेपालगन्ज सडक खण्डमा यातायात ठप्प भएको छ । २०७१ साउन २९ गते आयको बाढी अहिले फेरी दोहोरिएको छ ।
पहिले भन्दा अहिले एक दिन अगाडी आज शनिबार २८ गते बाढी आएपछी स्थानिय त्रसित बनेका छन् । पानीको सतह बढेसँगै बबई नदीमा बाढीको जोखिम बढेको हो ।

बबई नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ । अविरल वर्षापछिको बाढीले सडक खण्ड शुक्रबार राती १ः३० देखि ठप्प भएको जस्पुर प्रहरीेले जनाएको छ । बाढीका कारण यातायातका साधन सञ्चालनमा आउन नसक्दा गनतव्यमा जान हिडेका यात्रु विच वाटोमै अलपत्र परेका छन् ।

शुक्रबार देखि परेको अबिरल वर्षाका कारण दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को बखरिया, गोल्टाकुरिको कलम खोला, मोतिपुर, बाँकी गाउ पानी पसेको र कुनैपनि मानबिय क्षति भने अहिलेसम्म नभएको जस्पुर प्रहरीे चौकीका इन्चार्ज नयाँराम कार्कीले जानकारी गराए । बाँकीमा चार घर्, उरहरीमा तीन घर ढलेको जस्पुर प्रहरीे प्रहरिले जनाएको छ ।

त्यसैगरी घोराही तुल्सीपुर सडक खण्ड को मोतिपुरमा सडक अविरल वर्षाका कारण तुल्सिपुर घोराही सडक अन्तरगत मोतिपुर को ओरालो निरको बाटो भत्कियकोले सडक अबरुद्ध भएको छ ।