मुलुकमा बाढीको खतरा देखेपछि गृहमन्त्रालयले ग¥यो यस्तो अपिल (विज्ञप्तिसहित)

२०७४ साउन २८ शनिवार
Sujan Panta

काठमाडौं । गृह मन्त्रालयले विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मुलुका विभिन्न क्षेत्रहरु बाढी, पहिरो र डुवानका समस्या निम्तिएपछि खोज, उद्दार र राहतमा सहयोग सार्वजनिक अपील गरेको छ ।

मन्त्रालयले एक अपिल जारी गर्दै यस कठिन घडीमा खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेका परिवारहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराउने कार्यमा आआफ्नो तर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु, समाजसेवी र सञ्चारमाध्यम सबैमा अपिल गरेको छ ।

मन्त्रालयले देशका विभिन्न नदीहरुको जल सतह बढी रहेको र केही नदीहरुको जल सतह खतराको तहभन्दा माथि गएको भन्दै सम्बन्धित सबैले आआफ्नो तर्फबाट उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अविरण वर्षाका कारण झापा, मोरंग, सुनसरी, सप्तरी, रौतहट, दांग, बांकेलगायतका जिल्लाका विभिन्न स्थानहरु बाढी र डुवानबाट बढी प्रभावित भएका छन् ।

मन्त्रालयले खोज, उद्दार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी बल, नेपालका तालिम प्राप्त सुरक्षाकर्मीहरु र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको जनाएको छ ।