अनुमतिबिना नै जताततै सीसीटीभी

२०७४ भदौ ३० शुक्रवार
NewsDesk ShikharNews

काठमाडौं । राजधानीका अधिकांश कार्यालय, समिङ मल, बिजनेस कम्प्लेक्स, रेस्टुरेन्ट, पसलदेखि चोक–चोकमा सीसीटीभी देख्न सकिन्छ । काठमाडौंमा मात्र होइन, उपत्यकाका अन्य दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि सीसीटीभी जडान धेरैतिर छ ।

तर यसको प्रयोगका लागि कानुनी रुपमा अनुमति लिने भने निकै कम छन् । बिनाअनुमति सीसीटीभी जडान गर्नु गैरकानुनी त हो नै, विद्युतीय कारोबार ऐनअनुसार कारबाही पनि हुन्छ ।

तर पनि सम्बन्धित निकायले गैरकानुनी रुपमा सीसीटीभी प्रयोग गर्नेमाथि कारवाही गर्नेतर्फ कुनै चासो देखाएको छैन । काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा डेढ दर्जनभन्दा कमले मात्रै अनुमति लिएका छन् ।

काठमाडौं प्रशासनका अनुसार सीसीटीभी जडान तथा संचालन सम्बन्धी कार्यविधि २०७३ मंसिर अन्तिममा जारी भएदेखि अहिलेसम्म १२ वटा संस्थालेमात्र जडान अनुमति लिएका छन् ।

जिल्ला प्रशासन भक्तपुरको तथ्यांकमा जम्मा ४ संस्थाले जडान अनुमति लिएको देखिन्छ । ललितपुरमा भने भैंसेपाटीको एक व्यापारीक प्रतिष्ठानले मात्र अनुमति लिएको कान्तिपुरमा खबर छ ।

पहिलेदेखि नै सीसीटीभी जडान गरिएको भए पनि अनुमति लिनुपर्ने कार्यविधिमा उल्लेख छ ।

(Modafinil)