सर्लाहीको कौडेना गाउँपालिकामा राजपा ५२४ मतले विजयी

२०७४ असोज ५ बिहीवार
NewsDesk ShikharNews

सर्लाही, असोज ५ – कौडेना गाउँपालिकामा राजपा नेपालका उम्मेदवार रामप्रसाद राय ३ हजार ५४२ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको छ। उहाँले नेपाली कांग्रेसका रुपेश यादवलाइै ५२४ मतले पछि पार्दै विजयी हुनुभएको हो।

नेपाली कांग्रेसका रुपेश यादवले ३ हजार मत प्राप्त गर्नुभएको छ। उपाध्यक्षमा पनि राजपाकै सुनिता देवी ३ हजार ५२९ मत ल्याएर विजयी हुनुभएको छ।

(masconvention.org)