कता न कता हुने जोखिमका बिचको एकता-बिजय तिमल्सिना

२०७४ असोज २२ आइतवार
Dinesh Dhakal

 चुनाबमा तालमेल गर्दै एकता सम्म पुग्ने बाम शक्तीहरुको निक्योल छ. माओवादलाई समायको माओवादी र बहुदलीय जनवाद समयको एमाले अनी आर्थिक संबृधी बोकेको नयाँ शक्ती बिचको एकतामा कुन तर्कले आ-आफ्ना सिद्धान्तलाई छोप्छन हेर्न बाँकी नै छ ।

  राजनीति गर्नुहरु सधैं सत्ता प्रप्तीमा ध्ये लगाउछन भन्ने कुरा बेला बेलामा प्रष्टी सकेका छन । बिगतमा एमाले र कङ्रेसको सरकार निर्माणको गठबन्दन र अहिले एमालेको सरकार छोडेर काङ्रेस सँग माओवदी केन्द्रले गरेको गठबन्दनलाई उदाहरण लिदा हुन्छ ।

सिद्धान्त नछाडने हो भने कहाँ कङ्रेस माओवादीको गठबन्दन सम्भव थियो? यो एकताले कुन पाटीको सिद्धान्तलाई मान्ने हो भन्ने बिषयमा लामो छलफल हुने दिखिन्छ । लगभग राजनीति नै सकिन लागेका बाबुराम,निक्कै कम्जोर माओवादी केन्द्र र काङ्रेस मओवादी केन्द्रको आगामी चुनावमा हुन सक्ने तालमेल देखी डरायको एमाले बिच चुनावी तालमेल हुँदै एकताको प्रकृयामा जाने सबालका अप्ठ्याराहरु धेरै छन । प्रमुख त नेता कार्यकर्ताको चित्त बुझाउन निकै गर्हो छ । तालमेलले सिट संख्यामा ग्राहेता त पाउला तर पाटी भित्रका होनाहार नेताहरु छुट्ने सम्भावना प्रवाल छ । जनता कार्यकर्तालाई दिने नाराको खाँचो पर्ने छ ,

एकीकृत दलका कार्यकर्तामा पनि एकता गराउनु नेत्रित्वको ठुलो भूमिका रहनु पर्ने देखिन्छ । एउटै पाटिका माधव कुमार,झल्नाथ,बामदेवलाई मिलाउन गर्हो खेप्दै आएका केपी ओली र मोहन बैद्ध्य,बाबुराम र नेत्र बिक्रमले छोडेर गएका प्रचण्डले समालन सक्ने अवस्ता रहला भन्न सकिन्न । ६०/४० को भागबन्डामा निर्वाचनमा होमिने रणनितीले नयाँ शक्ती र अरु जोडीन आउने साना वाम शक्तीलाई फाईदा हुने सम्भावना देखिन्छ । डौडिदै आएका बाबुरामलाई पनि यो यात्राको शाहयात्री बनाउनै पर्छ । एउटै चुनाव सुर्य चिन्ह लिएर निर्वाचनमा जाने सबालमा माओवादी केन्द्र पछी हटेको छ । त्यसैले माओवदी छुट्टै दलको हैसियतमा संसदमा जाने छ ।                                                                

  निर्वाचन पारीणामले फेरी एकतालाई कता कता पुर्याइदिने अर्को खतरा सम्भावना छ । यता बाम एकताले काङ्रेसलाई अझै मज्बुत बनाउने छ । काङ्रेसले संगठन बनाउन तम्सिने र युवाहरुको परिचालन र युवा नेत्रित्वलाई ध्यान दिने हो भने बाम एकता भन्दा अझै बज्बुत काङ्रेस हुनेछ । मधेसवादी दल र अरु प्रजात्रन्त्रिक दलहरु सँग काङ्रेस लचिलो हुने र एकता नै गर्ने हो भने फेरी एमाले,माओवादी लगायतको चुनावी तालमेलले खासै प्रभाव नपार्न पनि सक्छ । सार्वजनिक भएको बाम एकताले प्रजातान्त्रिक पाटीहरु बिच पनि एकताको खाँचो दर्सायको छ । यो जनताको चाहना पनि हो .

राष्ट्रमा दुई वा तीन पाटी मात्रै हुन र राष्ट्रका लागि जुन सुकै सिद्धान्तका पाटीहरुले एउटै सिद्धन्त बनाउन र देशलाई बिकसित बनाउन भन्ने चाहना हो ।