एमाले प्रदेश कमिटीले भक्तपुरको सबै सिट गर्यो सर्बसम्मत सिफारिस ‘

२०७४ असोज २५ बुधवार
NewsDesk@shikharnews
एमाले प्रदेश कमिटीले भक्तपुरको सबै सिट गर्यो सर्बसम्मत सिफारिस ‘

नेकपा एमालेको ३ नं प्रदेशको बैठकले भक्तपुरको प्रत्यक्ष तर्फको उम्मेद्वारको नाम सिफारिस केन्द्रमा सर्बसम्मत पठाएको छ।

  प्रदेश संयोजक एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा बसेको बैठकको बिचमै भक्तपुर इन्चार्ज एमाले बैकल्पिक सदस्य सोम मिश्र र जिल्ला अध्यक्ष राजेन्द्र राजथला सर्बसम्मत प्रस्ताव गर्न छुट्टै बसेका थिए।    

  जसअनुसार प्रतिनिधि शभा क्षेत्र १ मा प्रेम श्रेष्ठ र क्षेत्र नं २ मा पुर्ब मन्त्री महेश बस्नेतको नाम सिफारिस गरेको छ। तेसै गरि क्षेत्र नं १ को (क) चागुनारायण प्रदेशमा हरिशरण लामिछाने र (ख) भक्तपुर प्रदेशमा रोमण सिलाकारको नाम सिफारिस गरेको छ।

    तेस्तै क्षेत्र नं २ को (क) सुर्यबिनायक प्रदेशमा पार्टी जिल्ला अध्यक्ष राजेन्द्र राजथला र (ख) मध्यपुर ठिमी प्रदेशमा उपाध्यक्ष वचन देउजाको नाम सर्बसम्मत गरेको छ। बामतालमेल तर्फ अगाडी बढेको एमाले भक्तपुरमा एकीकृत माओवादीले कुनै दाबी नगरेको र भक्तपुरको रैथाने पार्टी नेमकिपा पनि गठबन्धनमा सहभागी नहुने भएपछी सबै सिटमा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रने भएको छ।  

          प्रतिनिधि शभा १ नं क्षेत्र र भक्तपुर न पा वार्ड नं १ देखि ९ सम्म भएको १ को ख प्रदेशको चुनावमा लगभग नेमाकिपाले जेत्ने पक्का छ। भने २ नं क्षेत्र चागुनारायण प्रसेश र सुर्यबिनायक प्रदेशमा एमालेले जित्ने लगभग निश्चित छ। मध्यपुर ठिमीमा भने एमाले कांग्रेसको तिब्र प्रतिस्पर्धा छ। कसले जित्छ एसै भन्न सकिने अवस्था छैन।