सन्जय अर्याल लगायत ३०० जनाले गगन कुमार थापालाई साक्षी राखी गरे काग्रेसमा प्रबेश

२०७४ असोज २५ बुधवार
Sudarshan KC
सन्जय अर्याल लगायत ३०० जनाले  गगन कुमार थापालाई साक्षी राखी   गरे काग्रेसमा प्रबेश

२५ असोज काठ्मान्डौ
माननीय साम्सद तथा पुर्ब स्वास्थ्य मन्त्री गगन कुमार थापाकाे संसदीय क्षेत्रमा माअाेवादी केन्द्रका चिरपरिचित नेता संजय अर्यालसहित ३०० जना माअाेवादी केन्द्र र एमाले कार्यकर्ता अाज एक अाैपचारिक कार्यक्रममा नेपाली कांग्रेस प्रवेश गरेका छन् । २५ वर्षदेखि वामपन्थी अान्दाेलनमा सक्रिय संजय अर्यालकाे नेतृत्वमा क्षेत्र नं. ४ काे विशेष गरेर कपन क्षेत्रका कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।

सांसद तथा नेका केन्द्रिय सदस्य गगन थापाकाे हातबाट टीका तथा खादा लगाएर नेपाली कांग्रेस प्रवेश गर्ने कार्यक्रममा बाेल्दै संजय अर्यालले माअाेवादी केन्द्रकाे विलयनवादी राजनीतिबाट दिक्क भएर नेपाली कांग्रेसकाे प्रजातान्त्रिक अान्दाेलनमा अाफू सहभागि भएकाे बताउँदै नेपालका पार्टीहरूले ट्रेडमार्ककाे रूपमा जे नाम राखे पनि सबैकाे लक्ष्य समाजवादी व्यवस्था भएकाे र त्यसकाे नेतृत्व नेपाली काँग्रेसले गर्ने भएकाेले अाफूहरू काँग्रेसमा अाएकाे बताए । उनले विपीकाे समाजवाद नै नेपाली राजनीतिकाे मूल भाव र लक्ष्य भएकाे निश्चित गरेर पार्टी प्रवेश गरेकाे उनले बताए ।
पार्टी प्रवेश गर्नेहरूमा बाबुकाजी भट्टराइ, करुणा भन्डारी, सुदिप चालिसे, बद्रि खड्कासहित पूर्व डिएसपि नविन क्षेत्री पनि रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि सांसद गगन थापाले नयाँ अाउने सबैलाइ नेपाली काँग्रेसले काखा पाखा नगरी सम्मानित गर्ने बताएका थिए । कार्यक्रमलाइ सम्बाेधन गर्दै थापाले नेपाली राजनीतिलाइ विकासकाे दिशा दिन नेपाली काँग्रेसले राष्टिय राजनीतिमा अग्रस्थानमा हुनु पर्ने बताए ।
उक्त कार्यक्रममा महासमिती सद्स्य आत्मार पौडेल , श्रीराम लामिछाने , साधुराम खड्का , राजाराम बुढाथोकी, बिनोद चालिसे लगायतका नेताहरुको उपस्थिति थियो ।
उक्त कार्यक्रमको सभापतित्व नेपाली काङ्ग्रेस बु.न.पा. १० का वडा सभापति श्याम डोटेलको सभपतित्वमा, र नेपाली काङ्ग्रेसका युवा नेता मनोज सिग्देलको संयाेजनमा सम्पन्न भएको थियो।