बाम एकता र युवा सतर्कता-किरण पौडेल

२०७४ असोज २७ शुक्रवार
NewsDesk ShikharNews
बाम एकता र युवा सतर्कता-किरण पौडेल

ईतिहासको सम्मान गर्दै आफ्नो भबिष्य निर्माणका लागि साम्राज्यबाद बिरुद्धको संघर्ष निरन्तर अघि बढ्ने अपिलका साथ तय गरिएको बिशेष नाराका साथ १९ औ विश्व युवा बिधार्थी महोत्सब यसै साता देखी रसियाको सोचीमा सम्पन्न हुन गैरहेको छ । विश्वभरका १०० भन्दा बढी राष्ट्रका युवा बिधार्थीहरु बिच साम्राज्यबाद बिरुद्धका संयुक्त धारणा तथा अभियानहरु तय भैरहदा एक साता अघि मात्र नेपालमा यहाँका २ ठुला कम्युनिस्ट पार्टीहरुको बिचमा आपसी सहकार्य,चुनाबी तालमेलदेखी पार्टी एकता सम्मको रोडम्याप तैयार पारी त्यस्को जगमा समाजबादको आधार निर्माण सहितको अभियान प्रारम्भ भएको छ ।मुलुकको हितका निम्ती मात्र नभै विश्व समाजबादी आन्दोलनमै एउटा महत्वपूर्ण ऐतिहासिक कोशेढुङाको रुपमा उत्साहसाथ नेपाली युवाहरुले यस कदमको स्वागत गरिरहेका छन । मुलत साम्रज्यबाद र यस्का साहायक पूँजीवाद र बिस्तारबादको सामना र प्रतिरोध गर्न सक्ने हाम्रो राष्ट्रिय हैसियतलाई समेत यस्ले माथि उठाउनेछ भन्ने सुखद सन्देश नेपाली युवा बिद्यार्थी प्रतिनिधिले रसिया सम्म लियर जान सक्नेछन ।

एकिकरणको यस पहलकदमीसँगै बिभिन्न कोणबाट बजारहल्ला र चर्चा परिचर्चाहरु पनि मैदानमा खुलस्त आईनै रहेका छन।उत्साहित पंक्ती पनि उत्तिकै छन भने यो कदम सफल हुँदा त्यसको प्रत्यक्ष-अप्रत्यक्ष असरको सामना गर्नुपर्ने पंक्तीकालागि निश्चित रुपमा यो असह्य नै छ र त्यही किसिमका टिप्पणी र प्रतिकृया पनि आईरहेका छन। यसबाहेकको अर्को एउटा ठुलो पंक्ती छ जस्ले यस्लाई खुलेर स्वागत गर्न सकिरहेका छैनन तर भित्री रुपमा कामना नै गरिरहेका छन। प्रकृयामा सामेल कतिपय दलहरुका बिगतका अभ्यास र शैलीका कारण उत्पन्न आशकाले अझै मन्मा घर गरिरहेको हुन सक्छ।तर परिस्थितीको गाम्भिर्यता र युगिन आवश्यकताको जगमा रहेर थालनी भएको महसुस दिलाइरहेको यस प्रकृयाप्रति आशन्का र चिन्ता ब्यक्त गर्नुभन्दा यस्को व्याबहारिक र प्रभाबकारी कार्यन्वयनकालागि आ-आफ्नो तहतप्काबाट यसलाई बल प्रदान गर्नुनै अहिलेका लागि हितकर देखिन्छ।

यस ऐतिहासिक पहलकदमीको दुरगामी महत्व र औचित्यताको सन्धर्भमा बिभिन्न कोण र आधारहरु सहितका दृष्टिकोणहरु आईरहेका छन तर यो लेख बिशेषगरी साम्राज्यबाद र यसका साहायक शक्तीका कारण मुलुक र युवा हरुले भोग्नु परेको नियतीका प्रसँग र त्यसको अन्त्यका लागि बाम एकताको भूमिकाको सेरोफेरो मै केन्द्रित हुनेछ। केही ईतिहासका प्रसँग समेत  जोड्नु जरुरी छ।महोत्सबको स्लोगानमा उल्लेख गरेबमोजिम आफ्नो ईतिहासको सम्मान गर्ने सन्धर्भलाई केलाउने हो भने दुनियाँमा साम्राज्यबादले सर्बत्र आफ्नो झन्डा गाडी रहेको अवस्थामा सानो भुगोल र जनसंख्याका माझपनि हामी सदा अपराजित रह्यौ ,यो माटोमा झन्डा गाडन कसैले सकेनन,तत्कालिन विश्व का  १० राष्ट्रहरु जोसँग साम्राज्यबादी हरु हार खाए,त्यही १० मुलुक मध्यको एकप्रमुख राष्ट्रका युवा भएको नाताले पनि हामीले आफ्नो स्वाभिमानी शिरलाई सधैं उचो राख्नु पर्नेछ ।

दुनियाँका साम्राज्यबादी मुलुकहरुमा राज्यको उत्पत्ति नहुँदै हाम्रापुर्खाहरुले सभ्यता र संस्कारका अनुपम उदारहणहरु संसारमाझ प्रस्तुत गरिसकेका थिए ।बिश्वशान्तीको सन्देश यही भुमीबाट प्रस्फुटित भयो।दुनियाँका धेरै देशहरु अन्नपानीको अभाबमा भोकमरिले ग्रस्त हुँदा विश्वका केही निर्यातकर्ता मुलुकको सुचिमा नेपालको नाम दर्ज थियो । यस्तो गौरबमय ईतिहास र अद्दितिय सफलताको गाथा बोकेको हाम्रो देश र युवाको अवस्था किन  अस्वाभाबिक ढंगबाट गुज्रिरहेको छ?नेपालसँगै राजनीतिक बिकासक्रम शुरुभएका बिभिन्न देशका युवाहरुको जिबनस्तर,पहुच र हैसियत हामीले देखिरहेका छौ तर नेपाली युवाहरु अझै पनि गरीबी , बेरोजगारी, पछौटेपन लगायतका समस्याहरु बाटै ग्रसित छन।  ति वीर पुर्खाको रगत प्रवाहित युवाहरु, दुनियाँभर ज्योति छरेका विद्वान पुर्खाका मस्तिस्कको जेनेटिक मेमोरीलाई  अझ एड्भाण्सड रुपमा  बोकिरहेका लाखौं नेपाली युवाहरु सुनमाथि सुतिरहेको देश छाडेर ५० डिग्री तापक्रममा परदेशको बालुवामा पसिना बगाउदै जिबन ज्युन वाध्यछन।असुरक्षित जिबन,पारिवारीक बिघटन ,डिप्रेसन र फ्रस्टेसन बाट ग्रसित छन। कथित रेमिट्यान्सका नाममा उर्बर र उत्पादनशिल जिबनलाई मुल्यहिन तुल्याउने राज्यको नितीनियमका कारण यो समस्या अझ भयाबह बन्दैछ।

प्राकृतिक श्रोत शाधन कै उपयोगका कारण केही राष्ट्र हरु विश्वकै धनी र सुखी राष्ट्र हुने तर नेपाल जस्ता प्राकृतिक श्रोतसाधनले सम्पन्न देशका जनता हरुनै किन गरीब हुनु पर्ने ?त्यहांकै राजनीति किन सधैं अस्थिर? यो प्रश्न आज नेपालको मात्र हैन साम्राज्यबाद र बिस्तारबादको चपेटामा पिल्सिरहेका धेरै देश र जनताका प्रश्न हुन यि ।विश्वकै ठुला सुनका भण्डार मध्यको एक सुडान किन अघि बढ्न सकिरहेको छैन ?पेट्रोलियम र अन्य स्रोतसाधनले सम्पन्न कयौ देशहरुमा ब्याप्त राजनीतिक अस्थिरता के त्यहाका जनतालेनै निम्यएका हुन त ? अथवा जनताकै चाहना हुन त ?त्यस्तो कदापी हैन, मुल जड त्यही हो जुन बिशयमा हामी केन्द्रित छौ। सुन,चांदि,पेट्रोलियमदेखी युरेनियमका भण्डारमाथि सुतिरहेको नेपाल आज किन गरीब? के नेपाली युवाहरुले यस्तो नियती भोग्न सुहाउछ ?आम युवाहरुलाई अब हामीले यि प्रश्न हरुको जवाफ दिदै यस्को दिगो समाधानको बाटो तर्फ डोर्याउनु जरुरी भैसकेको छ।किनकी हामीलाई फेरी पनि हाम्रा सन्ततिका लागि मात्र भन्ने छुट छैन धेरै पछाडि परिसकेका छौ,आफ्नै जिबनकालमा यही पुस्ताले महसुस गर्ने गरी देशलाई द्रुत बिकासको बाटोमा अघि बढाउनु छ।

नेपाली युवाहरुको भबिश्यको सुनिश्चितताका लागि,मुलुकलाई सबल, सम्ब्रिद्ध बनाउने,तिब्र बिकासको बाटोमा अघि बढाउने प्रस्ट निती र कार्यक्रमका साथ अघी बढीरहेको केपी ओली  नेत्रित्वको  सरकारलाई ९ महिनामै ढालियो।देश र जनताको हितमा कामगरे बापतनै मैदान बाहिरबाटै चालिएका मिसनहरु र त्यस्को पारीणामले आम युवाहरुलाई निराश बनायो। त्यस सरकारले अघि सरेका मुलुकको दिगो बिकासमा आधारित महत्वपूर्ण ऐतिहासिक कार्यक्रमहरुलाई लत्याउदै गईयो ।त्यती मात्र हैन आफ्नो देशको संबिधान आँफै बनाए बापत कसैका बाहिरी स्वार्थहरु समेट्न नसकेको आरोपमा हामीले कस्टप्रद ९ महिने नाकाबन्दीको सामना गर्नु पर्यो यस्तो बेलामा जुनबेला सिङो मुलुक भयानक माहभुकम्पको पिडाबाट ग्रसित थियो र महत्वपूर्ण सांसकृतिक पर्बहरु माझ हामी थियौ ।यो पछील्लो ताजा स्मरण मात्र हो यस्ता अनेकौ स्रिन्खलाबद्द सड्यन्त्र र हमलाको शिकार बामशक्तीहरु र बिशेष गरी नेकपा एमाले नै हुनेगरेको छ ।

देशको कुल वार्षिक बजेट जती छ आईएनजिओको नाममा त्यो भन्दा बढी रकम भित्रिएका छन तर त्यस्को प्रतिफल के छ ?अध्यन अनुसन्धान अनी नेपाल सरकार सँग नहुने स्वदेशी तथ्यांकलाई फेरी बिदेशबाट आयात गर्नुपर्ने ?अनुदानका ठुला रकम सँग छिर्ने बिशाक्त स्वार्थहरुले गरीब राष्ट्रहरुमा पारेको दिर्घकालिन असरहरु युवापुस्ताकालागि चिन्ताको बिषय बनेको छ ।त्यो भन्दा बढी अझ नेपाल र अन्य गरीब र बिकासशिल राष्ट्रका  कालोपत्रे सडकमा निलो प्लेटका गाडीहरु जती बढी कुद्छन ,लाग्छ  ति देशका निलो आकाशलाई कालोबादलहरुले घेर्ने प्रयत्न भईरहेका छन ।आशंका यत्तिकै उत्पन्न भएको छैन किनकी बिखन्डनको चर्को आवाज बोल्नेहरु, राष्ट्रियहित बिपरित गतिबिधीगर्ने हरु त्यस्तै घेराको संरक्षणमा रहेको तथ्य बेला बेला आउने गर्छन् ।

खुलम्खुल्लादेखिने बैदेशिक हस्तक्षेपका माध्यमबाट हाम्रो बिदेशनिती लगायतका महत्वपूर्ण  नितिहरु लाई कम्जोर बनाउन भैरहेका प्रयत्नका अलावा मुलुकको आर्थिक प्रणालीमा समेत  अन्तरास्ट्रिय  मैदानबाट घुसाइने बिभिन्न स्वार्थ,एकाधिकार पूँजीवाद आदिका कारण मुलुकको कुल ग्राहस्थ उत्पादन र स्वाधिन राष्ट्रिय अर्थतन्त्र निर्माणमा प्रशस्त चुनौतिहरु देखा पर्दैछन जस्ले नेपालजस्ता धेरै देशलाई जबर्जस्ती परनिर्भरताको बाटोतर्फ धकेल्न प्रयास गरिरहेका छन। हाम्रा हरेक राजनीतिक परिवर्तनसँगै देशको आन्तरिक नितीहरु बिच बिभिन्न इन्ट्रेस्ट घुसाउने प्रयत्न हुन्छ र हाम्रा प्राकृतिक श्रोत साधन माथि बार्गेनिङ सुरु हुन्छन । नेपालको गरीबी र अस्थिरताका नाममा आफ्ना भुराजनितिक अध्ययन र ईन्ट्रेस्ट पुरा गर्ने ,त्यस्का लागि आवश्यक बिशाक्त इन्जेक्सन हरु बिभिन्न दल ,संघसंस्था ,जाती समुदायमा छर्दै एउटा पेरियोडिक चक्रमा ब्युतिने गरी यो भुमिलाई एक अबिछिन्न आन्दोलनको राणाभुमी र प्रयोगसाला बनाई रहने साम्राज्यबाद,पूँजीवाद र बिस्तारबादको जुन मिसन छ त्योनै हाम्रो देशको प्रगती र उन्नतीको मुख्य बाधक हो भन्ने कुरा आम युवाहरु माझ प्रस्तुत गर्दै त्यही अनुरुपको अबको यात्रा तय गर्नका लागि अपिल गर्नु जरुरी छ ।

प्रजातन्त्र प्राप्ती पश्चातको झन्डै ३ दशकको यो अवधीको अधिकांश समय नेपालको शासनसत्ता र अर्थतन्त्रमा नेपाली काङ्रेशले हालिमुहाली गर्यो ।आम जनताले महसुस गर्ने गरी देश र जनताका पक्षमा नेपाली काङ्रेशले यी कामहरु गरेको छ भन्ने प्रस्ट आधार उसँग छैन तर एमालेले अघी सरेका लोकप्रिय कदमहरुको बिरुद्द नियोजित बक्तब्यबाजी गर्दै जनतामा भ्रम छर्ने प्रयास गरिरहन्छ । यस बिचमा ब्याप्त गरीबी, बेरोजगारी,बिदेश पलायन र भ्रस्टाचार लगायतका हाम्रा मुल समस्याको जड भनेकै नेपाली काङ्रेश, उस्को अकर्मण्यता र गलत निती हो । बाह्य बाधक शक्तिका बिषयमा उस्को कुनै प्रस्ट निती छैन,यस् बिषयमा कहिल्यै मुख खोल्दैन उल्टै शक्ती र सत्ताका निम्ती उनिहरुको  सहजकर्ताको भूमिका निर्बाह गर्छ। देशका महत्वपूर्ण र शंबेदनशील आन्तरिक नितिहरुमा उनिहरुलाई हाबी गराउदै जान्छ र एक पछी अर्को गर्दै हाम्रा प्राकृतिक श्रोतसाधनहरु सुम्पिदै जान्छ ।

सहकार्यको नाममा बामशक्ती हरुलाई प्रयोग गर्दै उनिहरुलाई सकाउने खेलमा लाग्छ। लोकतन्त्रको मसिहाको रुपमा त्यस्को स्वघोसित  ठेकेदारको रुपमा आफ्नो प्रचार बाजी गर्छ अनी निर्वाचनलाई आफ्नो पक्षमा ल्याउन राज्यसत्ताको चरम दुरुपायोग गर्ने देखी लियर बूथ कब्जा गर्ने सम्मका हर्कत देखाउछ।उस्कै शासनमा गोपाल खड्का र लोकामन सिंहहरुको मनोबल बढ्ने र  सुशिला कार्की र नवराज सिलवाल जस्ताले असुरक्षित महसुस गर्नु पर्ने स्थिती पैदा हुन्छ ।बर्तमान र भबिश्यको कुरा गर्दैन भिजन र कार्यक्रमहरु केही छैन केवल ईत्तिहास भजाउदै बिपीको आदर्श र समाजबादको रटानकै भरमा शासन गर्न खोज्छ तर अन्य दलका स्थापित र लोकप्रिय समाजबादी कार्यक्रमहरुको खिल्ली उडाउछ । यसकारण नेपाली काङ्रेशले  आम नेपालीयुवाहरुको भावना बमोजिम तिब्र बिकास तथा सम्ब्रिद्दीको अबको अभियानको नेत्रित्व गर्न सक्दैन उस्ले भजाउने ईतिहास केन्द्रित राजनीतिलाई पनि त्यही बमोजिम ईतिहासकै पानामा सिमित गरी बामपन्थी शक्तीहरुको एकता र बलको जगमा मात्र अबको हाम्रो अभियानलाई सार्थक बनाउन सकिन्छ भन्ने हाम्रो बुझाई हो।

मुलुकले भोग्नु परेको यो दुरावस्थाका मुलजड र कारक तत्वहरुलाई हामीले यसरी चित्रण गर्न सक्छौ तर यस अलावा  नेपालका बामपन्थीदलहरुकै बिशेष अगुवाईमा हामीले गणतन्त्र स्थापना गर्न सफल  भएका छौ ,बहुप्रतिक्षित संबिधान घोषणा गरिसकेका छौ ,मुलुक संघिय ढांचामामा प्रबेश गरीसकेको छ र हामीले राजनितिक क्रान्तिको एक मुल अध्याय सम्पन्न गरेका छौ । यि उपलब्धीहरुको रक्षा र प्रभाबकारी कार्यन्वनवयनका माध्यमबाट मुलुकलाई दिगो बिकासको बाटोमा अघि बढाउनु अबको मुख्य कार्यभर रहेको छ। राजनीतिक स्थिरता नै यो यात्राको मुख्य आधार हो ।तर मुलुकको अहिलेको
राजनितिक शक्ती सन्तुलनकै आधारमा स्थिरताको कल्पना गर्न सकिदैन ।प्रत्यक्ष र एकल संघर्शका बलमा  साम्राज्यबाद बिरुद्दको हाम्रो लडाईंलाई तत्काल पारीणाम मुखी बनाउने हाम्रो सामर्थ्यलाई पनि हामीले दिस्टिगतगर्नु जरुरी छ र मुलुकको अहिलेको राजनीतिक सन्तुलनकै भरमा यो संघर्श अझै लम्बिन पनि सक्छ ।यसर्थ यि तमाम परिस्थिती र युगिन आवश्यकतालाई ध्यान दिदै दुरदर्शी सोचका साथ  अध्यक्ष क केपी शर्मा ओलीको  अगुवाईमा अर्को दोस्रो ठुलो कम्युनिस्ट पार्टी सहित अन्य ससाना पार्टिहरु बिच एकता र सहकार्यको  प्रकृया थालनी भएको छ यस्लेनै  मुलुकका तमाम समस्याहरुको समाधान सहित  हाम्रो मुल लक्ष्य प्राप्ती लाई परिणाममुखी बनाउने छ भन्ने हाम्रो ठम्याई हो ।

सम्भबत विश्व कम्युनिस्ट आन्दोलनमै अहिले अत्यन्त सुखद र उत्साहप्रद सन्देश दिने ढंगबाट नेपालमा समाजबादी झन्डाहरु फहराई रहेका छन ।चौतर्फी हमला र अबरोधका बाबजुद अध्यक्ष क केपी शर्मा ओलीको  नेत्रित्वमा लामो समयपछी कम्युनिस्ट पार्टी पहिलो शक्तिको रुपमा स्थापित भएको छ ।कुनै एक कम्युनिस्ट पार्टीले समाजवादको झन्डा छोड्यो भने पनि अर्कोले जोगाई राख्ने छ भन्ने अर्थमा एउटै मुलुक मा एक भन्दा बढी कम्युनिस्ट पार्टी रहनु गलत हुँदैन भन्ने हाम्रो बुझाई रहेको थियो तर एक लाई प्रयोग गर्दै अर्को लाई प्रहार गर्ने अभ्यास जब सुरु भयो यस्ले पनि एकता र सहकार्य को औचित्यता लाई थप बल प्रदान गर्यो । यसर्थ नेकपा एमालेको  अगुवाईमा प्रारम्भ भएको यो ऐतिहासिक माहाअभियानले उघारेका संभावनाका ढोकाहरुकोको बारेमा आमा युवा हरु लाई सचेत बनाउनु
अहिले हाम्रो काधमा आएको एक महत्वपूर्ण जिम्मे वारी हो। मुलत निम्न उल्लेखित उदेश्यहरु पुरा गर्नकालागि यो अभियान सफल रहनेछ भन्ने हाम्रो विश्वाश रहेको छ ।

रास्ट्रिय एकता र स्वाभिमान लाई मज्बुद बनाउदै राष्ट्रिय हितमा आधारित

-बैदेशिक सम्बन्ध र नितीहरु स्थापित गर्न ।
-मुलुक को प्रगती र उन्नतिको मुल बाधक तत्वहरु सँगको प्रतिरोधी हैसियत बिद्दी गरी उनिहरु लाई परास्त गर्न।
-नेपाली समाज र माटोले खोजेको समाजबादको दिशा तर्फ देशलाई अघि बढाउन।
-मुलुकको राजनीतिलाई स्थिरताको बाटो तर्फ अघि बढाउन ।
-प्रगतिशिल बामपन्थीहरुको नेत्रित्वको पूर्णकालिन स्थिर सरकार निर्माण गर्न ।
-राष्ट्रनिर्माण सँग सम्बन्धित युवाहरुको सोच र भिजनलाई राज्य तह सम्म पुर्याउदै प्रभाबकारी कार्यन्वयन गराउन प्रगतीशिल, देशभक्त युवाहरु प्रतिपक्षी मानसिकतामा बसिरहनु पर्ने दिनको अन्त्य गर्न ।
-युवा हरुलाई शिक्षा स्वास्थ्य रोजगार र सिप को ग्यारेन्टी गर्दै नेपाली युवाहरुलाई अन्तरास्ट्रिय स्तरमा समेत प्रतिस्पर्धायोग्य बनाउन ठोस् कार्यक्रमहरु अघि बढाउने ।

यि लगायतका तमाम ब्रिहत्तर उदेश्यहरु हासिल गर्नका लागि यो बाम गठबन्धन र एकता प्रकृयालाई अत्यन्त महत्वपूर्ण प्रस्थान बिन्दुका रुपमा उत्साहकासाथ स्वागत गर्दै यस्को दिगो र प्रभाब्कारी कार्यन्वयनकालागि आ-आफ्नो स्थानबाट हामी सबैले भूमिका निभाउनु जरुरी छ।अभियानको थालनीसगै यस्का बिरुद्द त्यहीढंगका शड्यन्त्र र प्रहारहरुको संभावना प्रति सजग हुँदै खबरदारी र प्रतिबादका निम्ती समेत युवापंती तैयार हुनु पर्नेछ ।र यसै साता शुरु हुने बिश्व युवा बिधार्थी महोत्सबमा यि र यस्तै बिषयहरुको प्रभाबकारी सम्प्रेशण गर्नु जरुरी छ । एकताका नाममा नेपाली क्रान्तिको मुल र सफल सिद्द मार्गनिर्देशक सिद्दान्त जनताको बहुदलिय जनबादमा बिशाक्त र हानिकारक बिचारहरुको घुस्पैठ नहोउन,अवशरहरुको स्वाभाबिक र हैसियत अनुरुपको बितरण होस्,बिगतका शैली र् स्वभाब दोहोरिदै घात र प्रतिघातको अर्को चक्रब्युह सिर्जना नहोस् भन्ने लगाएतका आशंका र चिन्ताको बिषयलाई समेत सबै पक्षले सकारात्मक रुपमा लिदै मनन गरुन भन्ने युवा अपेक्ष। रहेको छ । यती हुँदाहुँदै फेरी कही कतैबाट त्यस्तो भाईइहालेछ भने पनि धुलो टक्टकाउदै उठेर पुन आफ्नो यात्रामा अघि बढ्ने स्टामिना समेत संचित गर्नु जरुरी छ किन कि यो यात्रा एक सय मिटरको दौड हैन लङ रेन्ज म्याराथुन हो ।