गौरवकासाथ भन्छु मुलुकको बिकास बाम गठबन्धको सरकारले मात्र गर्नेछ: कार्की

झापाकाे बिकाश र सम्मृद्धिका लागि मेरो उमेदवारी: हिक्मत कार्की

२०७४ मंसिर १७ आइतवार
Sudarshan KC
गौरवकासाथ भन्छु मुलुकको बिकास बाम गठबन्धको सरकारले मात्र गर्नेछ: कार्की

झापाको गौरादहमा जन्मिनु भएका हिक्मत कार्कीको नाम झाप जिल्लामा कुनै नयाँ होइन । कार्की नेकपा एमालेका केन्द्रीय सदस्य तथा समाजिक युवा ब्याक्तित्व समेत हुनुहुन्छ । आसन्न चुनावमा झापा निर्वाचन क्षेत्र नम्बर ५ (ख)बाट राप्रपा सहितको बाम गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यको साझा उमेदवार समेत रहनुृ भएको छ । स्थानीय क्षेत्रको विकाश संग संगै सामाजिक उत्तर दायित्वकालागि युवा परिचालनमा समते उत्तिकै भूमिका निर्वाह गर्दै आइरहनु भएको छ । यसैगरि गौरादह लगायतका आसपासका क्षेत्रहरुको समग्र विकाशकालागि समेत महत्व पुर्ण भुमिक खेल्दै आइरहनु भएको छ । प्रदेश सभा सदस्यका उमेदवार कार्कीसंग हाम्रो शिखरन्यूजले गरेको कुराकानी ।

१)यस क्षत्रमा तपाईको उमेदवारी किन ?

आम युवाहरुको भावनालाई बुझेर उनिहरुको आशालाई विश्वासिलो बनाउदै यस क्षेत्रको समग्र र दिगो विकाशकालागि मेरो उमेदवारी रहेको छ । याहाँ सवै जाति वर्ग समुदायको आर्थिक सुदिृढीकरणगरि गरिबी अन्त्यकालागि पनि हो । मुलुकले धेरै समयमा अस्थिर राजनीतिमा वितायो । अहिले हामी बाम एकता गरेर त्यसको अस्थिरताको अन्त्यगर्दै स्थाई र दिगो सकार निर्माण गरि मुलुकको सम्मृद्धिको ढोका खोल्नकालागि जुटि रहेका छौ । र म गौरवका साथ भन्न चाहन्छु अब यो मुलुकको विकाश पनि हाम्रो गौरबशाली बाम गठबन्धको अब बन्ने बहुमतको सरकार गर्ने छ ।

२) तपाईका मुख्य चुनाबी एजेण्डा के हुन ?
पहिलो कुरा त मेरो उमेदवारी यस क्षेत्रको विकाश निर्माणकै लागि हो । म यहि जन्मि हुर्की रहेको मान्छे हु । मैले यहिको धुलो संग खेल्न सिके । मेरो निर्वाच क्षेत्र विशेष गरेर ग्रामीण क्षेत्रमा पर्दछ । मैले दुःख के हो राम्रो संग चिनेको छु । अहिले हाम्रा धेरै उर्बर खेतीयोग्य जमिनहरु बाँझिदै गएका छन ।

यहाँको कृषि क्षेत्रको दिगो विकाशकालागि पकेट क्षेत्रका रुपमा विकागरि परनिर्भर कृषि पेशालाई एउटा गौरब गर्ने पेशाका रुपमा रुपान्तरण गर्दै आम किसानहरुलाई आत्मनिर्भर बनाउदै उनिहरुलाई आर्थिक रुपमा समेत सवल बनाउन । गौरदहमा व्यावसायीका लागि आंगीक कृषि क्याम्पसको निर्माण गर्न । स्थानीय स्तरमा रहेका प्राकृतिक स्रोत साधनहरु गौरादकका पोखरी, किस्नी खोला जस्ता ठाँउहरुको स्तर उन्नती र बिकाशगर्दै यस्ता प्राकृतिक स्रोत साधनहरुको अधिकतम उपोग गर्नकालागि । स्थानीय स्तरका सिमसारहरुको संरक्षण तथा प्रर्बधन गर्दै नदि किनारमा बृक्षारोपण लगायतका कार्यक्रमहरु संचालन गर्नकालागि पनि हो ।

३) तपाईहरुमाथि त अधिनायकवाद लादन खोजेको आरोप छ नी ?

हो अहिले विपक्षिदलहरुले आफनो पहिलो एजेण्डा नै बनाएर अधिनायकबादको संज्ञा दिदै बाम गठबन्धनकाे विरोध गर्दै आफनो पक्षमा मत मागिरहेका छन । तर अहिले मुलुकमा अधिनायकबादको कुनै संभाबना छैन । किन भने हिजो बल्ल बल्ल मुलुकले कत्रा कत्रा खण्डहरु पारगर्दै अहिले यो अवस्थामा आइपुगेको छ ।

हिजो राणा हरुले १०४ वर्ष शासन गरे राजतन्त्रले २ बर्षबढि शासन त्यो ब्यवस्थाको अन्त्य केका लागि गरिएको हो ? अब फेरि पनि यो मुलुकमा अधिनायकबाद लादन्छ भन्नु विरोधको भाषा मात्र हो । नेपाली जनताले प्राप्त गरेका पछिल्लो उपलब्धिलाई संस्थागत हुन नदिन गरिएको षडयन्त्र हो । हिजो निर्वाचन स्थितगित कस्ले गरेको थियो त्यो इतिहास साक्षि छ । बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो के गर्नुभयो सबै जनता सामु छर्लङ छ । बाम गठबन्धबाट तर्सिएका हरुले आफु पराजित हुने मानसिकताको उपज हो ।

४) अबको सरकार कस्तो बन्ला ?

अबको केहि हप्ता भित्रमानै बाम गठबन्धनको बहुमतको सरकार बन्छ । जनताको दुःख सुखमा साथ दिने अनि जनभावना बुझने सरकार बन्छ । मुलुकको आमुल परिबर्तन गरि सम्मृद्ध मुलुक निर्माण गर्ने सरकार बन्छ । बिकाश र सम्मृद्धिको ढोका खेाल्ने सरकार बन्छ । अबको पाँच वर्ष भित्रमा आम जनतालाई हरेक कुराको आभाष दिने सरकार बन्छ । फेरि पनि भन्छु ढुक्क भएहुन्छ अब कोही आत्तिनु नअात्तीनु आफनो ठाउमा छ तर यो मुलुकमा अब बामपन्थीहरुकाे बहुमतको सरकार बन्छ त्यो पनि सातै प्रदेशमा ।

५) अन्त्यमा के भन्न चाहनुहुन्छ ?

म यसै गौरदहको माटोमा हुर्की बढि गरेको युवा हु मैले याहाँका हरेक समस्याहरु बुझेको छु । यो क्षेत्रमा घर दैलो कार्यक्रममा जादा पनि मलाई आम मतदाता क्षेत्रबासीहरुले धेरै हौसला दिनु भएको । उहाँहरु मेरो प्रेरणाको स्रोत बन्नु भएको छ । त्यसैले म ढुक्क संग भन्छु मेरो जित निश्ति छ । र म आम क्षेत्रबासी मतदाताहरुलाई भन्न चाहन्छु तपाई हरु मलाई विजय गराउनु होस म तपाई हरुले कुनै याहाँका शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि जस्ता कुराहरुमा आमुल परिबर्तन गर्र्दै विकाश निर्माणमा समेत कुनै कमि हुन दिने छैन ।

फेरि पनि म मेरा आम मतदाता सामु विनम्र अनुरोध गर्न चाहन्छु यस पटक मलाई मतदान गरेर विजयी गराउनु होस । म यस क्षेत्रका हरेक समस्याको उचित समाधान गर्ने छु ।