नवलपरासी देवचुलीको मतदान केन्द्रमा बम बिस्फोट

२०७४ मंसिर २१ बिहीवार
NewsDesk@shikharnews
नवलपरासी देवचुलीको मतदान केन्द्रमा बम बिस्फोट

नवलपरासी, मंसिर २१ – नवलपरासीको देवचुली नगरपालिका १२ स्थित दिव्य ज्योती आधारभुत विद्ययालय गैडीमा बन बिस्फोट भएको छ ।

मतदान केन्द्रबाट ५० मिटरको दुरीमा मतदान संचालन भईरहेको बिद्ययालयको कम्पाउण्ड भित्र बिष्फोट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बनाउनु भयो ।

बिस्फोट पछि मतदान करिब आधा घण्टा रोकिएकोमा अहिले मतदान प्रक्रिया सुचारु गर्न लागिएको समेत उहाले बताउनु भएको छ । बिस्फोट बाट मानविय क्षति भने नभएको समेत प्रहरी उपरिक्षक जिसीले बताउनुु भयो ।