अन्य ठाउकाे मतगणनामा तार जाली , पाल्पामा किन खाली ?

२०७४ मंसिर २१ बिहीवार
Newsdesk Shikharnews
अन्य ठाउकाे मतगणनामा तार जाली , पाल्पामा किन खाली ?

बिउबपाल्पा, मंसिर २१  कतिपय ठाउँमा  हातसमेत नछिर्ने तारजालीसहित सिसी क्यामेरा लगाइँदा पाल्पामा भने दलका प्रतिनिधि नै राखेर मतगणना गर्ने तयारी थालिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पाल्पा दरबारमा हुने मतगणनामा दलका प्रतिनिधिलाई टाढै राख्ने तर तारजाली नलगाउने मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिनुभयो ।

‘मतगणनास्थलमा कुनै पनि तारबार हुनेछैन’, मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले भन्नुभयो, ‘दलीय प्रतिनिधिलाई टाढै राखेर मतगणना गरिने छ ।’

बिहीबार बेलुकी १२ बजे सम्म क्षेत्र नम्बर २ को भोलि बिहान ७ बजेसम्म र क्षेत्र नम्बर १ का सबै मतदान केन्द्रका मतपपेटिका सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आउने जानकारी दिँदै मुख्य निर्वाचन अधिकृत बरालले शुक्रबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने जानकारी दिनुभयो ।

१ लाख ८१ हजार २ सय ५५ मतदाता रहेको पाल्पामा १ सय १८ मतदान स्थलका २ सय २६ मतदान केन्द्र छन् । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा स्थानीय तहको निर्वाचनमा ७४ प्रतिशत मत खसे पनि यस पटकको चुनावमा कम मत खस्ने अनुमान गरिएको छ ।  २ बजेसम्म पाल्पामा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत बरालले बताउनुभयो ।