पहिलो चरणकाे ५ बजेदेखि मतगणना शुरु-निर्वाचन आयोग

२०७४ मंसिर २१ बिहीवार
Newsdesk Shikharnews
पहिलो चरणकाे ५ बजेदेखि मतगणना शुरु-निर्वाचन आयोग

काठमाडौं, २१ मंसिर  बिहिवार साँझ ५ बजेदेखि पहिलो चरणमा सम्पन्न मतदानको मतगणना हुने भएको छ ।

सर्वदलिय बैठक सकेर पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा मतगणना शुरु गर्ने निर्वाचन आयोगले जानकारी दिएको  छ । मतपेटिकाको शिल तोडी सकेपछि शुरुमा बदर मत छुट्याईने आयोगले जनाएको हो ।

दलका प्रतिनिधीहरुले मतपत्र छुन नमिल्ने गरि मतगणनाको व्यवस्था मिलाइएको छ । दलका प्रतिनीधिहरुले नजिकबाट देख्न मिल्ने तार जाली भित्र निर्वाचन आयोगका कर्मचारीले मत गन्नेछन् ।

मंसीर १० मा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको थियो । मंसिर २१ गते (अाज) ४५ जिल्लाकाे मतदान हुदैछ ।