काठमाडौंमा झण्डै ६५ प्रतिशत मत खस्याे ,यि मतदान केन्द्र सुनसान




२०७४ मंसिर २१ बिहीवार
Bishnu Phadera

काठमाडौं, २१ मंसिर  काठमाडौंका धेरै मतदानस्थल सुनसान हुन थालेका छन् ।

बिहान मतदाताको कमी थियो  भने मध्यान्हपछि मतदाताको उत्साह बढेको थियो ।  बिहान चिसोले मतदाता कम थिए भने तीन बजेपछि मतदान केन्द्रमा सुनसान देखिएको हो ।

काठमाडौ ४ का पशुपति मित्र मावि, आइडियल स्कुल, सिफल मतदान केन्द्रमा एक जना पनि लाइनमा छैनन । अहिलेसम्म काठमाडौंमा झण्डै ६५ प्रतिशत मत खसेको छ । १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ७ सय ३१ मतदान स्थल छन् । काठमाडौंमा ६ लाख ३० हजार मतदाता रहेका छन् ।