रुपन्देहीमा यसरी भयाे मतदान (फाेटाे फिचर)

२०७४ मंसिर २१ बिहीवार
Newsdesk Shikharnews
रुपन्देहीमा यसरी भयाे मतदान (फाेटाे फिचर)

 अाचार्य प्रदीप

बुटवल,२१ म‌ंसीर  रुपन्देहीमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदका लागि मतदान जारी छ। चिसोका कारण बिहानैदेखि मतदाताको उल्लेख्य उपस्थिति नभए पनि विस्तारै भीड बढ्दै गएको छ। प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै मतदान स्थलमा शान्तिपूर्ण तवरबाट मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए।

मतदान चुस्त बनाउनका लागि २ सय ८ मतदान स्थल र ५ सय ९८ मतदान केन्द्रमा ४ हजार ७ सय ८४ जना कर्मचारी खटिएका छन्। रुपन्देहीमा ५ लाख २२ हजार ६ सय २ मतदाता छन्, जसमध्ये २ लाख ५८ हजार ७ सय ८३ जना पुरुष, २ लाख ६३ हजार ८ सय १३ जना महिला र ८३ जना तेस्रोलिङ्गी रहेका छन्।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार आम जनताको घरदेखि मतदान स्थलसम्मको सुरक्षा कडा बनाइएको छ। नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीका गस्ती टोली ठाउँ ठाउँमा परिचालित छन्। हेरौँ केही तस्बीरहरु