जाजरकोटकाे पछिल्लाे अपडेट

२०७४ मंसिर २१ बिहीवार
Newsdesk Shikharnews

पछिल्लो मत परिणाम जाजरकोट प्रतिनिधि सभामा शक्ति बस्नेत १६३० र राजीव बिक्रम शाह १२१४ त्यस्तै प्रदेश क मा काङ्ग्रेसका बेदराज सिंह ७४१ र माओवादीका गणेश प्रसाद सिंहको १३८१ प्रदेश ख मा एमालेका करबिर शाही १३०८ र काङ्ग्रेसका दिपकजङ शाह १०९४ मत ल्याएका छन ।

रुकुम पूर्वमा पहिलो चरणको नतिजा सार्वजनिक भएको छ । यहाँ ११ सय ५९ मतगणना गर्दा नेपाली काँग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५, बाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३, नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले २७, नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २३२ र मंगोल नेस्नल अर्गनाईजेसन पार्टीका उम्मेदवार रतनबहादुर बुढा ले ६ मत प्राप्त गर्नुभएको छ ।