प्रतिनिधिसभामा पनि एमालेले मुस्ताङबाटै खाता खोल्यो, प्रेमप्रसाद तुलाचन विजयी




२०७४ मंसिर २२ शुक्रवार
Newsdesk Shikharnews

काठमाडौं : प्रतिनिधि सभातर्फ बामपन्थी गठबन्धनले खाता खोलेको छ। हिमाल पारीको जिल्ला मुस्ताङमा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचन ३ हजार ४ सय ८३ मत प्राप्त गरि विजयी भएका छन्। उनले नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रोमी गौचनलाई पराजित गरेका हुन्। यसको औपचारिक घोषणा हुन बाँकी रहेको छ।

यसअघि प्रदेशसभातर्फ पनि एमालेकै मुस्ताङ नम्बर १ मा नेकपा एमालेका इन्द्रधारा दादु विष्ट विजयी भएका छन्। उनले ११ सय ६७ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मिक्युर गुरुङले ६५७ मत पाएको जिल्ला निर्वाचन कार्यालय प्रमुख सीताराम शर्मा लामिछानेले जानकारी दिए।

मुस्ताङमा प्रतिनिधि सभातर्फ एक सिट र प्रदेश सभातर्फ दुई सिट रहेको छ।