1080×90

1080×90
 

जायरामाथी यौन दुव्यवहार गर्ने व्यक्ति पक्राउ

२०७४ मंसिर २६ मंगलवार
Newsdesk Shikharnews
भारतिय नायिका जायरा वसीमलाई यौन दुव्यवहार  गर्ने व्यक्ति पक्राउ परेका छन् ।

केही समय अघि सामाजिक सञ्जालमा जायरालाई आफूलाई विस्तारा एयरलाइन्सको विमानभित्र दुब्र्यबहार भएको भन्दै भिडियो पोस्ट गरेकी थिइन् ।

दिल्लीबाट मुम्बई जाने क्रममा आफ्नो पछाडि सिटमा बसेका ३९ वर्षीय विकास सचदेवले पैतालादेखि कम्मर हुँदै गर्दनसम्म सुम्सुम्याएको आरोप जायराले लगाएकी छिन् ।

जायराले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै प्रहरीमा उजुरी दिएकी थिइन् । भारतीय सञ्चारमाध्यमको अनुसार प्रहरीले विकासलाई पक्राउ गरिसकेको छ । त्यस्तै  बिकासमाथी महिलामाथि आपराधिक आक्रमण गरेको अभियोगमा मुद्दा दर्ता गरिएको बताइएको छ ।

‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’ जस्ता चलचित्रमा काम गरेर चर्चामा आएकी छन ।

Top