चलचित्र विकास बोर्डको पहिलाे महिला अध्यक्ष

२०७४ मंसिर २६ मंगलवार
Newsdesk Shikharnews

काठमाडाै , २६ मंसिर लामो समय देखि अध्यक्ष बिहिन बनेको चलचित्र विकास बोर्डले अध्यक्ष पाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निकिता पौडेललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गरेको हो ।

टिभी फिल्मी, गोपीकृष्ण मुभिज, र नेपाल चलचित्र विकाश कम्पनीको समेत अध्यक्ष रहेकी निकिता बोर्डमा पहिलो महिला अध्यक्ष बनेकी हुन् । जेठ २४ गते निवर्तमान अध्यक्ष राजकुमार राईको कार्यकाल सकिएपछि बोर्ड अध्यक्ष बिहिन बनेको थियो ।

त्यसयता नयाँ अध्यक्ष नियुत्त नभएसम्म कामचलाउ अध्यक्षमा चलचित्र जाँचपास समितिका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई नियुक्ति गरेको थियो ।

यता सरकारले बोर्डको अध्यक्षको रूपमा न्यूनतम स्नातक पास गरेको र १० वर्ष सम्म चलचित्र क्षेत्रको प्रवर्धनमा योगदान दिएको व्यक्ति हुनुपर्ने नियम राखेको थियो ।मन्त्रिमण्डलले निकिता योग्य रहेको बताउँदै उनलाई साेमबार नियुक्त गरेको हो ।