निर्वाचन भइसकेपछि सरकार बन्न संसारका कुनै कानुनले राेक्दैन : सचिव ज्ञवाली (अन्तर्वार्ता)

२०७४ पुस २२ शनिवार
Newsdesk Shikharnews

काठमाडौं, पुस २२ । नेकपा एमालेका नेता तथा सचिव प्रदीप ज्ञवालीले निर्वाचन सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेपछि सरकार बन्न संसारका कुनै पनि कानुनले रोक्न नसक्ने बताएका छन । नेता ज्ञवालीले शिखरन्युजलाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन ।

निर्वाचन आयोगले आफूले बोलेको बोली किन फेरिरहेको छ, बुझ्न नसकेको उनले बताए । उनले सुरूमा निर्वाचन आयोगले एकजना आयुक्त स्वदेशमा नभ्एकोले उहाँ आएपछि बैठक बसेर मतपरिणाम सार्वजनिक गर्ने भनेता पनि पछिल्लो समयमा आयुक्त आइसक्दापनि बोली फेरेको आरोप लगाए ।

फरक प्रसंगमा ज्ञवालीले पार्टी एकताको विषयमा शीर्ष तहमा र अन्य तहमा छलफल भइरहेको बताए । ढुक्कसँग पार्टी एकताको विषयमा लाग्न नपाएको उनले गुनासो समेत गरे ।

‘एमाले–माओवादीबीच हुने पार्टी एकतामा शंका नगर्न उनले आग्रह गरे,’ उनले भने ‘पार्टी एकता हुन्छ यसमा दुईमत छैन ।’ नेता ज्ञवालीले पार्टी एकतापछि केपी शर्मा ओली र प्रचण्ड बाहेक दोस्रो बरियताका नेतालाई जिम्मेवारी दिन असम्भव रहेको पनि बताए ।

बाँकी अन्तर्वार्ता हेर्नुहोस् भिडियोमा ।

 

फोटो/भिडियो बिस्नु फडेरा