चिकित्सकको टोली सहित एमाले अध्यक्ष ओली आज बैंकक जाने

२०७४ पुस २६ बुधवार
Newsdesk Shikharnews
चिकित्सकको टोली सहित एमाले अध्यक्ष ओली  आज बैंकक जाने

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार अपराह्न उपचारका लागि बैंकक प्रस्थान गर्दैछन्।

केही दिनअघि झाडापखाला हुँदा कमजोर बनेका ओलीको यो स्वास्थ्य जाँचलाई नियमित नै भनिएको उनका स्वास्थ्य जाँच गरिरहेका वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्माले बताए। ओलीसँग उनकी पत्नी राधिका शाक्य, सहयोगी राजेश महर्जन र चिकित्सकको एउटा टोली अपरान्ह १ बजे सँगै जाने छ।

ओलीले मिर्गाैला प्रत्यारोपणपछि लामो समयदेखि नियमित औषधि खाइरहेका छन्।

स्वास्थ्य परीक्षणका लागि बैंकक यात्रा तय गर्नूपूर्व ओलीले वाम एकताबारे खाका निर्माणका लागि आन्तिरिक र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुटै छलफल गरेका थिए।

उनी स्वास्थ्य जाँच गरेर आगामी ३० गते स्वदेश फर्कने छन्।