लकिङ प्रणाली तेल चोरी नियन्त्रणका लागि लागु गरिने

२०७४ पुस २७ बिहीवार
NewsDesk ShikharNews

नेपाल आयल निगमले इन्धन ढुवानीका क्रममा हुने चोरी नियन्त्रण गर्नका लागि लकिङ्ग प्रणाली लागु गर्ने भएको छ ।

पेट्रोलियम व्यवसायीले सिंकेज लस, वर्किङ लस र चुहावटका कारण आफुहरुले घाटा व्यहोर्नुपरेको गुनासो गरिरहेका बेला निगमले इन्धन ढुवानीका टंयाङ्करमा लकिङ्ग प्रणाली लागु गर्ने तयारी गरेको हो ।

साथै निगमले डिजल र खाना पकाउने ग्यासमा देखिएको घाटा कम गर्न निकट भविश्यमा सबै पदार्थमा प्रत्येक महिना मुल्य समायोजन गर्ने तयारी पनि गरेको छ ।

निगमको ४८ औ बार्षिक उत्सवको अवसरमा बुधबार केन्द्रीय कार्यालय बबरमहलमा आयोजित कार्यक्रममा प्रवक्ता विरेन्द्र गोहितले ढुवानी गरी गन्तव्य सम्म पुर्याउने क्रममा इन्धन नपुग्ने, ढुवानीका क्रममा बाटोमा चोरी हुने लगायत समस्या समाधानका लागि लकिङ्ग प्रणाली लागु गर्न लागेको जानकारी दिए ।

प्रवक्ता गोहितले आगामी माघ महिनाबाट झापाको  चारआलीबाट ढुवानीका टंयाङ्करमा लकिङ्ग प्रणाली सुरु गरिने बताए ।

सरकारी निकायहरुको रोहवरमा पटक पटक गरिएको परिक्षणमा प्रति ४ हजार लिटर ल्याउँदा पेट्रोल ९९ र डिजेल ४८ लिटरसम्म अपुग रहेको देखिँदै आएको छ ।
प्रवक्ता गोईत इन्धन आपुर्तिलाई भरपर्दो बनाई पेट्रोल पम्पलाई मापदण्ड भित्र ल्याउने तयारी पनि भईरहेको जानकारी दिए ।

डिजल, पेट्रोल र खाना पकाउने ग्यासमा विश्व बजार अनुसार मुल्य समायोजन गर्दै आएको निगमले हवाई इन्धन र मट्टितेलमा पनि प्रत्येक महिना मुल्य समायोजन गर्ने तयारी पनि सुरु गरेको छ ।

निगमले डिजल ५५ , खाना पकाउने ग्यास २२, पेटो«ल १५ , हवाई इन्धन ७ र मट्टितेल १ प्रतिशतको कारोबार गर्दै आएको छ । निगमले डिजल र खाना पकाउने ग्यासमा व्यहोर्नुपरेको घाटा कम गर्न सबै पदार्थमा मुल्य समायोजन गर्न लागेको हो ।

मुलुकमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने काम गर्दै आएको निगमले संघिय संरचना अनुसार प्रत्येक प्रदेशमा कम्तिमा ९० दिनको भण्डारण क्षमता विस्तार गर्ने सकारको निति अनुसार कार्यलय स्थापना गर्ने र जग्गा खरिद गर्ने काम भईरहेको पनि जनाएको छ ।

साथै भण्डारणका लागि अहिले विज्ञहरुसंग परामर्श गर्ने काम भईरहेको कायमुकायम महाप्रबन्धक सुशील भट्टराईले जानकारी दिए ।