माओवादी मुख्य सचिवका छोरा न्यानो लिएर तराई झरे !

२०७४ पुस २७ बिहीवार
NewsDesk ShikharNews

काठमाडौं, पुस २७ । नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यलय मुख्यसचिव एवंम् सचिवालय सदस्य प्रल्हाद बुढाथोकीका छोरा समिर बुढाथोकी न्यानो कपडा लिएर तराई झरेका छन ।

तराईका बालबालिका, महिलाहरु र वृद्ववृद्वाहरुको अवस्था नाजुक हुँदै गएपछि बुढाथोकीको टिम तराई झरेको हो ।

दिनानुदिन बढ्दै गएको चिसोको कारण तराईको जिवन निकै कष्टपूर्ण छ । हरेक बर्ष शितलहरको कारण बढ्ने चिसोले थुप्रैको ज्यान लिने गरेको छ ।

विद्यार्थी नेता समेत रहेका समिर सामाजिक कार्यहरुमा निकैनै रमाउने गरेका छन् । कहिले भूकम्प पीडितहरुलाई विभिन्न ठाँउमा राहत लिएर पुग्छन् त कहिले गरिब असाहायहरुको उपचारमा सहयोग जुटाउँदै हुन्छन् ।

लियो क्लब अफ काठमाडौं मार्गदर्शनका पूर्व–अध्यक्ष र समृद्ध फाउन्डेसनका सचीव रहेका नी विभिन्न रचनात्मक कार्यक्रम मार्फत रकम जुटाएर सहयोग गर्ने गरेका छन ।