उत्सुक काठमाडौं, ‘ट्वाँ’ म…

२०७४ पुस २८ शुक्रवार
Newsdesk Shikharnews
उत्सुक काठमाडौं, ‘ट्वाँ’ म…

२० वर्षे युवतीहरु भन्छन–‘अंकल यसो गर्नुन, उसो गर्नुन, उता सर्नुन’ आफ्नो उम्मेर ३ वर्ष फरक छैन, अंकल  ? ३० वर्षेले भन्छन–‘दाई’ । जसको उम्मेर आफूभन्दा ७ वर्ष बढी छ । अनि के गर्ने ट्वाँ !


समयः विहान ८ बजे
स्थान : गोङगबु बसपार्क
पिपिप, पि……..प्प । घच्याक्क………………….
‘लहै बसपार्क आयो झर्नुस, लल झर्नुस त सबै’ करायो सानो भाई । एउटा व्याग पिठ्यूमा अर्काे हातमा म पनि ओर्लिए । ट्वाक, ट्वाक बढे अगाडि । टिकट काउन्टर नजिक । हेलो दाई कहाँ जाने ? सल्यान जाने हो ? धादिङ जाने ? ल यता आउनुहोस् है टिकट काट्नुस् । ट्याङटुङ, क्याउक्याउ र गज्याङगुजुङ मात्रै कता जाने म चै ‘ट्वाँ’ ।

डेग चल्न सकिएन । बेस्सरी थकाई लागे छ क्यारे । यताउति फर्किए । मोवाइल हेरे । लोकेन्द्र पौडेलबाट मोवाइलको संदेश बक्समा एउटा नम्बर आएको रैछ । बीच बसपार्कमा पुगेर कल गरे ।

‘‘दाजु, म खेम भाई बसपार्क छु । तपाईको होटेल कता छ ?’’
‘‘ए, ए, त्यो टेलिकमको नजिक छ, बसपार्कको पूर्वी गेटबाट निस्किएर, अलि आउ’’
गेटलाई नियाल्दै हिँडे । वरपर हेर्छु गेट नै छैन । फेरि कल सिद्धबाबा दाईको कल आयो ।
‘‘कहाँ आइपुग्नुभयो ?’’
‘‘बसपार्क मै छु’’
‘‘यता पूर्वी गेटमा आउनु म त्यहाँ आउछु’’
यताउता हेर्रै हिँडे । गेट छैन । फेरी टिकट काउन्टर नजिक पुगेर एक छिन उभिए । उस्तै च्याउच्याउ, क्याउक्याउ, ट्याउट्याउको आवाज । अलि तर्किएर फेरि दाईलाई कल गरे ।
दाई गेट भेटिएन….
‘कहाँ छौं, जहाँ छौ त्यहीनिर बस, म त्यहीँ आउँछु ।’
काउन्टर वरिपरिका मान्छेहरु फेरि सोधिहाले ‘कहाँ जाने ? यता आउनुस् टिकट काट्न ।’ उफ कति सोधेका ?? म चै ट्वाँ !

हैन गल्फ्रेन्ड पनि कम्तिमा एउटा हुनुपर्ने रे ? ट्वाँ पर्नुको विकल्प कहाँ छ र मसंग । 

तीन दिन पछि,
नारायणथानबाट माइक्रोचढियो । एक मिनेट गुड्दैन घ्याच्च । के भयो ? किन रोकिएको सबैका प्रश्न एउटै । उत्तर पनि एउटै छ ‘जाम भयो’ । म चै ट्वा ।

वानेश्वरमा गुगल सर्च गरे । गुगलकै सहायतामा साँझ पख एउटा होस्टेल पुगियो । कुराकानी भयो के ? कसरी ? सेवा, सुविधा के छ ? त्यो भन्दा पहिल्यै प्रश्न कहाँबाट ? किन ? क गर्दै हो ? होस्टेल वाडेनको प्रश्न । थप्दै गयो उसले ‘ल रुम हेरौ, चुरोट खाने वानि छ कि छैन ?’ मलाई होस्टेल चाहिएको छ कहाँ, के र किन भन्ने प्रश्न किन गरेको होला । त्यहाँ पनि म चै ट्वा !

साँझ परिसकेपछि नजिकै अर्काे होस्टेलमा पुगियो । कुराकानी मिल्यो । भोलिपल्टबाट बसाई सुरु भयो । एउटै रुममा चार जना । पर्सिपल्ट तीन जना । त्यसको भोलिपल्ट म एक्लै । फेरि ट्वा । अनि फेरि त्यही रुममा अर्काे नयाँ मान्छे । विहान बजार निस्किए । साँझ रुममा फर्किए फेरि अर्काे नयाँ मान्छे । मलाई चै कहाँ, के र किन प्रश्न गर्ने रुममा चै साँझ विहान फरकफरक पाट्नर फेला पर्ने । म चै ट्वाका ट्वा !

केही दिन पछि । प्रवेश परीक्षाको फर्म लिन कलेज पुगे । प्रशासनमा सामान्य चिनजान भयो । फर्म लिन गएको मान्छेलाई फेरि प्रश्न,
‘कहाँबाट हो ? कुन कलेज पढेको ?’
मैले पनि जावाफ त दिन प¥यो, ‘सुर्खेतबाट हो, मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट चार वर्षे स्नातक सकेर आएको ।’
‘एए, सुदूरपश्चिमको मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट’
अनि म चै के भन्नु ट्वा, फेरि पनि ट्वाँ परे ।

चिनेकै छैन, को मान्छे हो थाहा छैन सहयोग गर्छु रे ? फेरि म ट्वा !

त्यतिकैमा प्रशासनमा एक जना भलाद्मी जस्ता देखिने व्यक्तिले सोधे ‘कहाँबाट आएको भाई ?’
सुर्खेतबाट,
कुन कलेजबाट ?
मध्यपश्चिम विश्वविद्यालयबाट हो ।
केही सहयोग चाहिने भए भन्नुहोला, कति हो नम्बर ?
फोन नम्बर दिए संगै इमेल पनि ।
चिनेकै छैन, को मान्छे हो थाहा छैन सहयोग गर्छु रे ? फेरि म ट्वाँ !

प्रवेश परीक्षाको फर्म भरिसकेपछि फर्किए । हतारहतार हिँड्दै गर्दा भाटभटेनी नजिक एउटा भाई झ्याम्मै ठोकियो । अझ मेरै खुट्टा हेर्छ, मेरै अनुहार हेर्छ ।
उसले नै सोध्छ, ‘दाई कहाँ जान लागेको ?’
वानेश्वर तिर….
हुँदा हुँदा घर कहाँ हो ? के गर्नुहुन्छ ? नाम के हो रे ?
बाटोमा ठोक्किएको मान्छे को हो को हो परिचय चाहियो रे ? म चै ट्वा । आखिरमा मुला सुर्खेत पश्चिमको पो रैछ ।
भनिहाल्यो, ‘तपाइलाई वीरेन्द्रनगरमा देखेको थिए । विजौरा स्कुलमा पनि देखेको थिए परिचय भएन ।’
ए, फेरि भेटौला । वाई । वार्तालाप सकियो ।

वलीजी, वाली जी, बली जी ओली जी । यी मेरा अफिसका नाम हुन् । कहिलेकाँही ओली जी भनेर बोलाउदा ट्वा ! मलाई भनेको की केपी ओलीलाई ???

एउटा चेक प्राप्त भयो । जम्मा गर्न बैंकमा पुगे । भौचरी भरियो । शनिबारको दिन लाइन बस्नै परेन । भौचर र पैसा थमाइदिए । फेरि प्रश्न सुरु भयो ।
Khem Raj Wali  हो ?
हजुर त्यही हो ।
Wali भनेको के हो ?
म त ट्वा !

त्यही बैंकमा त्यस्तै तीन/चार पटक पुगियो होला । प्रश्न एउटै Wali भनेको के हो ? कति पटक ट्वाँ पर्नु । फेरि ट्वाँ परियो ।

काठमाडौंमा रुमलिदा रुमलिदै कलेज सुरु भएको पत्तै भएन । कलेज त छुटे छ । पढ्न आएको मान्छे कलेज सुरु भएको थाहा छैन । एक दिन विहानै झल्यास्स सम्झिए । आफै ट्वा !

त्यसकै भोलिपल्ट कलेजमा हाजिर भए । तीन वटा घण्टी पढाई भयो । तर, अन्तिम घण्टीमा परिचय कार्यक्रम भयो । सुरुमा पालो आफ्नै आयो । नमस्ते गरेर नेपाली भाषामै थोरै परिचय दिए । त्यसपछि पालैपालो अरुले त इंग्लिसमा इन्टरडक्सन पो दिए त । फेरि ट्वाँ !

कक्षा सकिएपछि अन्तिममा हाजिर पो हुन थाल्यो । सुरुसुरुमा भएकोले सरले रोल्नं. र नाम संगसंगै बाचन गर्दै गए । मेरो नाम आइपुगे छ । फेरि प्रश्न Wali भनेको के हो ?
एक छिन फेरि ट्वा ……..त्यो भनेको वली नै हो सर ।
के भन्दा के भन्ने ?
जे भन्दा पनि हुन्छ ।

के तान्छौं त ? ‘बल्याक ।’ फेरि प्रश्न …. किन त बल्याक ? म चै ट्वाँ ..!

यही वाली विद्यार्थीहरुमा पनि जिज्ञासाको विषय बने छ । कति जान्न मन लागेको होला । केहीले त सोधिहाले । किन यस्तो लेखेको ? केपी ओलीको जस्तै होइन र ? एक छिन ट्वा पर्दै जवाफ दिदै ठिक्क ।

म जहाँ हुन्छु त्यही प्रश्न । कति उत्सुक हुन मन लागेको हो यो काठमाडौंलाई ? ट्वा पर्नुको त कुनै हिसाब किताव छैन । साढे २ महिनामा सायद एक करोड पटक त ट्वाँ परियो होला ।

एक दिन केही साथहीहरुसंग भेट भयो । सामान्य खाजा खाएपछि गफगाफ भए । कसैले सूर्य चुरोट ताने । कसैले चिसो । कसैले तुम्वा । फेरि प्रश्न मलाई नै ।
चुरोट तान्छौं ?
नाई यार ?
के तान्छौं त ?
‘बल्याक ।’
फेरि प्रश्न ….
किन त बल्याक ?
म चै ट्वाँ ..!

होस्टेलमा, केटाहरु म्यासेन्जर र भाइबरमा कामुक भाषा बोलछन ।  मलाई मतलव छैन । सुन्दै गयो । लास्टमा अहिले बुढीको फोन आउँछ भन्दै वाई भन्छन । बुढीवाला केटाहरु कोसंग यस्तो कुरा गरेको होला आफू चै ट्वाँ !उल्टो कसैले सोधिहाल्छन  । तपाईको गलफ्रेन्ड छैन ?
‘के को गल्फ्रन्ड हुनु ?’
‘हैट एउटा त हुनु प¥यो नि ?’

हैन गल्फ्रेन्ड पनि कम्तिमा एउटा हुनुपर्ने रे ? ट्वाँ पर्नुको विकल्प कहाँ छ र मसंग ।

कलेज, साथीभाई भेट्न गाडी (टेम्पो, बस, माइक्रो ) मा नचिनेका मान्छे भेटिन्छन । मान्छेहरु ठेलमेल, कोचकाच पारेर हुँइकिन्छन । २० वर्षे युवतीहरु भन्छन–‘अंकल यसो गर्नुन, उसो गर्नुन, उता सर्नुन’ आफ्नो उम्मेर ३ वर्ष फरक छैन, अंकल ? ३० वर्षेले भन्छन–‘दाई’ । जसको उम्मेर आफूभन्दा ७ वर्ष बढी छ । अनि के गर्ने ट्वा !

काठमाडौं आएदेखि हरबखत ट्वाँ पर्नुमा नै मलाई मज्जा लागिरहेको छ । कहिलेकाँही त अफिसमा पनि ट्वाँ! वलीजी, वाली जी, बली जी ओली जी । यी मेरा अफिसका नाम हुन् । कहिलेकाँही ओली जी भनेर बोलाउदा ट्वाँ ! मलाई भनेको की केपी ओलीलाई ???

यहाँ उल्लेख गरिएका प्रतिनिधी घटना मात्रै हुन् । काठमाडौं आएको जम्मा ६९ लाख १२ हजार सेकेण्ड मात्रै भएको छ । तर, औषतमा भन्ने हो भने म यो अवधीमा झण्डै एक करोड पटक ट्वाँ परेको छु । तर, यो क्रम कम हुँदै गएको छ ।

बाँकी ………….
(शब्दयात्रा ब्लगबाट साभार)