बृहत साँस्कृतिक कार्यक्रममा ‘सि’ नेपालकाे प्रतिबद्धता

२०७४ पुस २९ शनिवार
Newsdesk Shikharnews
भक्तपुर, २९ पुस ।  शनिवार भक्तपुरमा मृगाैला पिडित काे सहयाेगकाे लागी बृहत साँस्कृतिक कार्यक्रम अायाेजना सम्पन्न भएकाे छ ।
२ वटै मृगाैला  फेल भएका काभ्रेका भाेजकुमार तामाङ बचाउ अभियानले उक्त कार्यक्रमकाे अायाेजना गरेकाे हाे ।
 
उक्त कार्यक्रममा लामाकाे २ वटा बच्चाहरूलाइ उच्च शिक्षा अध्ययन सम्म ‘सि’ नेपालले सहयाेग गर्ने प्रतिबद्धता जनाएकाे छ । सि नेपालकि संस्थापक अध्यक्ष स्मिता लामाले अाफुले बिगत करिव ५ बर्ष देखि समाज सेवा गर्दै अाएकाेले थाेरै भएपनि पिडितकाे परिवारलाइ सहयाेग मिलाेस भन्ने हेतुका साथ प्रतिवद्धता जनाएकाे बताइन ।
लामाले शिखरन्युज संग कुरा गर्दै भनिन ‘मैले स्थापना गरेकाे संस्थाले शिक्षाबाट बञ्चित वालवालीकाहरूका लागि सक्दाे सहयाेग गरेकाे छ ‘ ।
 
हाल ‘सि ‘नेपाल अर्फानेज हाेममा ३३ जना वालवालीका रहेका छन भने सी नेपालकाे संरक्षणमा करिव २ सय जना वालवालीका रहेकाे बताउदै लामाले भनिन ‘ पिडितका २ वटै बच्चाहरू उनिहरूकाे अाफ्नै घरमा बस्छन तर ‘सि’ नेपालले शिक्षाकाे लागि सहयाेग गर्छ ।’
काभ्रेकाे तेमाल गाउपालीकामा जन्मेका २७ बर्षिया भाेजकुमार तामाङकाे दुबै मृगाैला फेल भएर हाल मानव अंग प्रत्याराेपणकेन्द्र भक्तपुरमा उपचार गराइरहेका छन ।
अार्थिक अवस्था कमजाेर भएकाले तामाङकाे बचाउकाे लागी हामिले याे बृहत साँस्कृतिक कार्यक्रमकाे अायाेजना गरेकाे अायाेजक तथा संचारकर्मि सुदिन दाेङले बताए ।
कार्यक्रममा तामाङ कलाकारहरूले लामाकाे सहयाेगार्थ साँस्कृतिक प्रस्तुति देखाएका थिए ।
भाेजकुमार गत बैशाख मा कामकाे शिलशिलामा दुवइ उडे तर दुवै उडेकाे केहि महिनामानै उनकाे सपना तुहियाे । उनि कम्पनिमा २ बर्षकाे लागि सम्झाैता भएकाे तर कम्पनिले ३ महिनामानै उपचारकाे नाममा नेपाल फर्कायाे  ।
कम्पनिमा काम गर्दै गर्दा बिरामि परे अन्तत नेपाल अाएर अस्पतालमा चेक गराउदा उनकाे किड्नि फेर्नुपर्ने डाक्टरले बताएकाे  उनका अाफन्तले शिखर न्युजलाइ बताए ।
लामाकाे अढाइ बर्षिया एक  छाेरा र २ बर्षिया एक छाेरि छन ।
कार्यक्रम काभ्रे प्रतिनिधि सभा सदस्य गंगा बहादुर तामाङकाे प्रमुख अाथित्यतामा सम्पन्न भएकाे छ ।

शिखरन्युजकाे बिशेष अन्तर्वाता पनि हेर्नुहाेस