बि.सं.२०७४ साल पौष ३० गते आइतवारको राशिफल

२०७४ पुस ३० आइतवार
Newsdesk Shikharnews
बि.सं.२०७४ साल पौष ३० गते आइतवारको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन खासै अनुकूल मान्न सकिन्न । ग्रहले मानसिक अशान्ति तथा स्वास्थ्य समस्या बढाउने सम्भावनालाई देखाइरहेको छ । दीर्घ रोगीलाई बढीकष्ट हुनसक्ने छ । सर्वसाधारणलाई हतार गर्दा कार्यबाधा र खतिक्षति हुनसक्ने सम्भावना रहेकोले नहतारिएकै राम्रो हुनेछ । प्रतिकूल ग्रहप्रभावले सामान्यतया किंकर्तव्यविमूढताको अनुभूति हुनसक्ने छ संयमित रहनुपर्ला । उपर्युक्त प्रतिकूलताको बाबजुत पनि होसमा व्यवहार गर्नेहरुको लागि नसोँचेको पक्षबाट उपलब्धि पनि प्राप्त हुनेछ । आज यहाँले आठ अङ्क, रातो रङ्गको प्रयोग र भगवान श्रीरामको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन सांसारिक एवम् भौतिक सुखपूर्ण रहनेछ । व्यापार व्यवसाय आदिबाट राम्रो आर्थिक लाभ गर्न सकिनेछ । भने विभिन्न खालका उपलब्धि हातपर्ने छ । आफन्तजनको सहयोग मिल्ने हुनाले भावि कार्यको लागि हिम्मत तथा साहस बृद्धि हुनेछ । दाम्पत्य तथा पारिवारिक दिनचर्यामा सुधार आउनाले मानसिक शान्ति महसूस हुनेछ । यात्रा, मनोरञ्जन एवम् सांस्कृतिक परिवेशको वातावरणसँग पनि नजिक हुन पाइएला । आज यहाँलाई सात अंक, सेतो रङ्ग अनुकूल रहने छ भने नवदम्पतिलाई उपहार दिनुले प्रतिष्ठा बढाउनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल एवम् सकारात्मक रहेकोले कार्यक्षेत्रमा सफलता मिल्नेछ । अवसर तथा समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा विजयी भइनेछ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिनेछ । जागिर आदि पेशाको क्षेत्रमा पनि अनुकूल एवम् सहज वातावरण बन्ने र स्याबासी मिल्नेछ । स्वास्थ्यमा आरोग्यता बढ्न गई कान्तिमा बृद्धि हुनेछ भने शारीरिक स्फुर्ति बढ्नाले कामकार्यमा पनि मनग्य रुचि लाग्नेछ । विरोधीसँग प्रतिवादमा आज यहाँको प्रस्तुति खरो हुनसक्ने छ । उद्यम व्यवसायबाट आर्थिक लाभ हुनगई सन्तुष्टि मिल्नेछ । आज यहाँलाई कुट्नीतिक कार्यमा विशेष सफलता मिल्ने दिन छ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन गोचरमा सुधार आएको छ तथापि विद्वदता तथा मुढेज्ञानको प्रमाद् बढ्ने हो कि भन्ने शङ्का पनि देखिएको छ । अर्काको निन्दाचर्चामा समय बित्ने र गोपनीयता खुश्कनसक्ने प्रबल सम्भावना छ ख्याल गर्नु होला ।  मै जान्ने हु“ भन्नखोज्दा तथा आत्मप्रशंसाको आसक्ति पाल्दा झन कमजोरी देखिनसक्छ । तथापि मानवीय व्यवहार र धैर्यता गर्नाले प्रतिष्ठा जोगिनसक्ने छ । केहीहदसम्म सन्तानबाट सुख मिल्लेछ ।  व्यवसायबाट लाभ प्राप्त हुनेछ । अध्ययन अध्यापन तथा लेखनमा सुधार आउने छ । आज पाँच अङ्क, रातो रङ्गको प्रयोग र भगवान सूर्यनारायणको दर्शन भक्ति स्तुति गर्नु विशेष फापसिद्ध हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन तार्किक एवं वहसपूर्ण कार्यमा तथा बैठक आदिमा मत बाझिने र असमझदारी हुनसक्ने ग्रहगोचर छ । सहकर्मी तथा मित्रवर्गसँग द्वन्द सृजना हुनसक्ने छ ख्याल पुर्याउनु पर्ला । चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने साथै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने भएकोले होसियार हुन जरुरी छ । मानसिक संकिर्णताको कारणले कार्यमा प्रतिकूलता आउनसक्ने भएकोल मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । खासै वास्ता नगरिएको काम बनेर लाभ तथा उपलब्धि हुने र गर्जो टर्नेछ । मातृजनको सेवा तथा भेट्दर्शन फलिफापपूर्ण हुनेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन पुरुषार्थिलो रहनेछ । जोशजाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव पनि आउनसक्नेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तेस्रोक्रम, प्राकृतिक हरियो रङ्गको उपयोग आज तपाईको लागि उपयुक्त रहनेछ भने कसैको दाजुभाइबीचको सम्बन्धमा सुधारको लागि समन्वय गरिदिँदा प्रष्तिठा बढ्ने छ । त्यस्तै भगवान आदित्यको स्तुति पनि यहाँको लागि उपयुक्त हुने देखिन्छ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन ग्रहगोचर अनुकूल एवम् सकारात्मक प्रभावशाली देखिएको छ । वाणीमा मिठास आउने हुनाले बोलीवचनको भूमिकाले मान्छेहरुको मन जित्न सकिनेछ । प्रवचन, भाषण तथा अध्यापन एवम् तर्कजन्य विषयमा यहाँको प्रस्तुति सकारात्मक र प्रभावशाली हुनेछ । व्यवसायिक कार्यमा प्रगति हुनगई आर्थिक सुधार एवम् लाभ हुनेछ । परोपकार एवम् समाजिक सेवाका कार्यमा सरिक हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तार हुनेछ तथा परिवारमा नयाँ सदस्यको आगमन हुनसक्ने छ । आज यहाँको लागि दोस्रोक्रमसँख्या, उज्यालो रंगको प्रयोग फापसिद्ध रहनेछ भने मान्यजनप्रति सम्मानको व्यवहार गर्नु हितप्रद हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन कान्ति तथा रुपरङ्ग र शारीरिक आकर्षण बढ्नेछ । मानप्रतिष्ठा पनि बृद्धि हुनेछ । भने मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख र आत्मसन्तुष्टि मिल्नेछ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्नसकिने छ । कार्यक्षेत्रमा तथा सामाजिक जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने छ भने लगानी भएको शेयरमा बृद्धि हुनाने छ । आज तपाईले सूर्यनमस्कारको योग साधना गर्नु विशेष शुभकर हुनेछ ।
धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन संघर्षप्रद छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता हात लाग्नेछ । खर्च बढ्ने ग्रहयोग रहेकोले फजुल विषय मन आकर्षित हुनेछ । पारिवारिक आवश्यकताहरु पनि बृद्धि हुने र आर्थिक भार थेग्न हम्मेहम्मे पर्नेछ । आज मानसिक चञ्चलतालाई रोक्न धैर्य र संयम धारण गर्नु उपयुक्त हुनेछ । प्रतिकूलता हटाउन कुमारीदेवीको भक्तिभावले मद्दत दिनेछ । यहाँको लागि आज तीन अङ्क र पहेंलो रङ्ग हितकर हुनेछ भने असहाय क्षेत्रमा दानदिनाले खर्चयोगको दोषलाई न्यूनिकरण गर्न सकिनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन आम्दानीकर देखिएको छ तथापि विशेष अपेक्षा गरेको अर्थोपार्जन वा उपलब्धि हुनलाई केही अबरोध भने हुनसक्ने छ । जसको निवारणको लागि गुरु गणेशको सेवाआराधना उपयुक्त हुनेछ । बाँकी क्रियाकलापमा गोचर ग्रहले राम्रै साथ दिएकै छ । सामान्यतया व्यवसायिक क्षेत्रबाट लाभ गर्न सकिनेछ भने अन्य पेशाको क्षेत्रमा पनि सफलता मिल्नेछ । इष्टजनसँग पनि भेट्घाट हुन र शुभसमाचार सुन्न पाइने दिन रहेको छ । अध्ययनको पक्षमा पनि गोचर प्रभाव सकारात्मक देखिन्छ । प्रेमसम्बन्ध पनि बलियो बन्नेछ । विशेष अपेक्षित उपलब्धिको लागि भगवान श्रीरामको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन मानसम्मान एवम् पदप्रतिष्ठा मिल्ने खालको रहेको छ । व्यापार व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रबाट प्रशंसा प्राप्त हुनेछ । उच्चवर्ग तथा उच्चपदस्थ व्यक्तित्तहरुसँगको भेटघाटले महत्त्वाकांक्षी भावना भने बढाउने देखिन्छ । विशेष विषयमा गम्भीर चर्चाको वातावरण बन्नसक्ने छ । कार्यक्षेबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ । यहाँलाई आज एक अंक, रातो रङ्गको प्रयोग अनुकूल रहने छ भने प्राप्त अवसरलाई दृढताको साथमा सदुपयोग गर्न तथा आत्मबल बढाउन सूर्यदेवको भक्ति गर्नु वरदानतुल्य हुनेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन ग्रहको केही अबरोध देखिएको पनि छ रपनि दिनलाई सुधार भएको मान्न सकिन्छ । बढी अपेक्षा गरिएको काम भने प्रभावित हुनेछ । भाग्यको बृद्धि हुने तथा मनमा सात्त्विक विचारले प्रसय पाउने छ । केही धार्मिक कार्य सम्पादन गर्नसकिने छ । धार्मिक एवम् आध्यात्मिक उत्प्रेरणाको बलले दैनिक व्यवहारमा समेत मद्दत पुर्याउने छ । केहीहद्सम्म व्यवसायिक कार्यमा सफलता मिल्नाले आँट बढ्नेछ । नोकरी आदि क्षेत्रमा आएका अबरोधहरु हटाउन पहल हुनेछ भने राजनीति तथा संघसंस्था आदिको क्षेत्रमा संलग्नता र हैसियत अनुसारको जिम्मेवारी एवम् भूमिकाको आशा देखिनसक्ने छ ।  आज तपाईँले मान्यजनलाई खुशी बनाउनु शुभप्रद हुनेछ ।