भारतीय प्रहरी हिरासतमा मारिएका नेपालीलाई तीन लाख राहत

२०७४ पुस ३० आइतवार
Newsdesk Shikharnews
भारतीय प्रहरी हिरासतमा मारिएका नेपालीलाई तीन लाख राहत

काठमाडौं, ३० पुस। भारतको हिमाञ्चल प्रदेशको प्रहरी हिरासतमा मारिएका एक नेपालीको परिवारले तीन लाख भारतीय रुपैया राहत पाउने भएका छन्।

हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले विधानसभालाई सम्बोधन गर्दै राहतको घोषणा गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

एक स्कुले किशोरीको बलात्कार र हत्याको आरोपमा पक्राउ परेका सुरज सिंह गत जुलाई १९ मा प्रहरी हिरासतमा मारिएका थिए। प्रहरी हिरासतमा राखिएको समयमा अन्य आरोपले सिंहको हत्या गरेको बताइएको छ।

बलात्कार र हत्याको आरोपमा ६ जना पक्राउ परेका थिए। यो मुद्दालाई उच्च न्यायालयले आफ्नो अनुगमनमा राखेको यो मुद्दाको अनुसन्धान गर्न भारतको केन्द्रीय अण्वेषण ब्युरो (सिबिआइ)लाई निर्देशन दिएको छ।

मारिएका सिंहको पत्नि र दुई नाबालक सन्तान रहेको बताइएको छ। सो घटनाको हिमाञ्चल प्रदेशमा ठूलो विरोध भएको थियो । स्थानीयले घटनाका बास्तविक दोषीलाई लुकाउन अन्यलाई पक्राउ गरेको आरोप लगाएका थिए।