संखुवासभामा जीप दुर्घटना, गाउँपालिका प्रमुखसहित ५ जनाको मृत्यु

२०७४ पुस ३० आइतवार
Newsdesk Shikharnews

काठमाडौं, ३० पुस। संखुवासभामा भएको जीप दुर्घटनामा गाउँपालिकामा प्रमुखसहित पाँच जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मकालु गाउँपालिकाका प्रमुख खड्ग कटुवाल, एमाले नेता सुरेश राई रहेको प्रेस चौतारीमा महासचिव राजेश राईले बताएका छन्। खड्ग असारमा दोस्रो चरणमा भएको स्थानीय तह चुनावमा एमालेबाट गाबिस प्रमुखमा निर्वाचित भएका थिए।

मकालु गाउँपालिकामा – ३ समाटार बा ५ च १३०९ नम्बरको जिप दुर्घटनामा भएको थियो ।

राईले ट्विटर लेखेका छन् – छिमेकी जिल्ला संखुवासभाको मकालु गाउँपालिकामा जीप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्ष क.खड्ग कटुवाल, एमाले नेता सुरेश राई सहित ५ जनाको निधनको खबरले स्तब्ध बनायो । भावपूर्ण श्रद्धान्जी !