सनि लिअाेनि पछि अर्को एक पाेर्नस्टार पनि थपिन बलिउडमा

२०७४ पुस ३० आइतवार
Newsdesk Shikharnews

मुम्बई, ३० पुस  । बलिउड अभिनयमा अर्को एक पाेर्न स्टार पनि थपिएकि छन । चर्चित निर्देशक राम गोपाल वर्माको नयाँ चलचित्रबाट अर्को पोर्न स्टारले अभिनयमा डेब्यु गरेकी छन।

फरक धारको चलचित्र निर्माणमा माहिर बर्माले आफ्नो नयाँ चलचित्र ‘गड, सेक्स एण्ड ट्रुथ’का पोेष्टर सार्वजनिक गरिदिएका छन् । पोष्टर सार्वजनिक लगतै शोसल मिडियामा तहल्का मच्चिएको छ । चलचित्रको यो पहिलो पोष्टर हो । यस पोष्टरमा लिड अभिनेत्री निकै बोल्ड अवतारमा देखिएकी छन् ।

चलचित्रकी मुख्य अभिनेत्री चर्चित पोर्न स्टार मिया मल्कोभा रहेकी छन् । पोष्टरका लागि उनले न्युड पोज दिएकी छन् । तस्बिर सार्वजनिक भए लगतै बलिउडका केही हस्तीले पाष्टरलाई अहिले सम्मकै हट पोष्टर भनेका छन् । अभिनेत्री मियाले पनि पोष्टर आफ्नो ट्वीटर मार्फत सार्वजनिक गरेकी छन् । पोष्टरका साथमा उनले चलचित्र अभिनयको एक्सपेरेन्स पनि शेयर गरेकी छन् ।

मियाले लेखेकी छन् ‘भारतीय चलचित्र निर्देशक रामगोपाल बर्माका साथ मैले युरोपमा ‘गड, सेक्स एण्ड टुथ’ गरेकी छु । सन्नी लियोन पछि म त्यस्तो पोर्नस्टार हुँ जसले अभिनेत्रीको रुपमा भारतीय चलचित्र अभिनय गर्ने अवसर पाएकी छु ।’ चलचित्र ट्रेलर पनि तयार गरिएको छ । जसको सार्वजनिक १६ जनवरीमा हुनेछ ।

शिखरन्युजकाे बिशेष अन्तर्वाता पनि हेर्नुहाेस