नेपालमा चिनिकाे मुल्य घट्याे

२०७४ पुस ३० आइतवार
Newsdesk Shikharnews
नेपालमा चिनिकाे मुल्य घट्याे

काठमाडाै, ३० पुस ।  नेपालमा चिनिकाे मुल्य घटेकाे छ । केजीमा १० रूपैयाका दरले चिनिका मुल्य घटेकाे हाे ।

यस भन्दा अगाडि  प्रतिकेजी चिनिकाे ८५ रूपैयाका दरले उपभाेक्ताले खरीद गर्दै अाएकाे चिनि हाल बजारमा ७५ रूपैया प्रतिकेजी पाइन्छ  ।

केजीमा १० रूपैया कमी हुनू उपभाेक्ताकाे लागी खुशिकाे कुरा रहेकाे उपभाेक्ताले बताएका छन ।

काठमाडाै बानेश्वरका एक व्यापारीका अनुसार पहिले चिनि भारतबाट अायात हुने हुँदा प्रतिस्पर्धा नहुने भएका कारण महंगाे भएकाे हाे । अहिले नेपाली बजारमा दुवइ , पकिस्तान र बंगलादेशबबाट चिनि अायात हुने हुँदा चिनिकाे मुल्य घटेकाे उनि बताउछन ।

नेपाली बजारमा करिव १५ दिन देखि चिनिकाे मुल्य घटेता पनि उपभाेक्ता भने महंगाे दरमा चिनि खरिद गरिरहेका छन । कुनै व्यापारीले स्टक चिनि अझैपनि महंगाेमा विक्रि गरिरहेकाे खुलेकाे छ ।

यसरि उपभाेक्तालाइ वजारमुल्य थाहा नहुदा महंगीकाे मारमा परेका छन ।

शिखरन्युजकाे बिशेष अन्तर्वाता पनि हेर्नुहाेस