कसैको आँखा लाग्दैमा यो देश दुख्न दिदैनौँ

२०७४ माघ २ मंगलवार
Newsdesk Shikharnews

विजय कट्टेल “छहरा”
माया छहै गाढा
सुन्य छ रे गाउँघरको मैले हिँड्ने बाटो
पहिरोसँगै भत्कियो रे पारि गाउँको पाटो ।
रहर बोकीशहर पस्दा भैयो धेरै टाढा
जति टाढा भएपनि माया छ नि गाढा ।।

बाँझै छन् रे गैरी खेत बाँझै छन् रे टारी
आमा–बाबा रुन्छन् अरे सधैँ आँसु झारी।
तारे तिल्के जोत्ने भाइ त विदेश गाका छन् रे
मुरी फल्ने खेतबारी ढाक्यो अरे वनले ।।

बाल्टीभरि साँझविहान गाईले दूधदिन्थ्यो
लेकबेँसी गर्दाखेरी स्वास्थ्य राम्रो बन्थ्यो।
सम्झनाले छाती मेरो पोल्छ घरि–घरि
जन्मथलो प्यारो लाग्छ मलाई सधैँभरि।।


यो देशदुख्न दिदैनौ

नेपालीहामी पसिना देशकै निम्तिपोख्तछौँ
देशकै निम्ति एकता नेपालीहामी बोक्तछौँ।
कसैको आँखालाग्दैमा यो देश दुख्नदिदैनौँ
देशको हाम्रानाकामा बैरीलाई ढुक्न दिदैनौ।।

एकभै सारा नेपालीपसिनाचोखो बगाउछौँ
उर्वर भूमी नेपाल हेरेर हामी अघाउछौँ ।
हिमाल पहाड तराई मेची र कालीभित्रको
साझाहो हाम्रो नेपाल यो पूmलबारी भित्रको ।।

लिम्बू र थारु,गुरुङ्क, बाहुन, क्षेत्री, तामाङ
नेपाली सारा एउटै हो फरक कहिल्यै नठान ।
भेष र भुषा सँस्कृति चाड र पर्व यसको
कर्म नै हाम्रो सम्पत्ति नेपालहाम्रो देशको ।।
