अोली र प्रचण्डबीच तीन घन्टा ‘वान टु वान’ वार्ता: यस्तो भयो सहमति ?

२०७४ माघ ५ शुक्रवार
NewsDesk ShikharNews

काठमाडौं, माघ ५ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बैंककबाट स्वदेश फर्केको भोलिपल्र्ट शुक्रबार ओली निवास बालकोटमा दुई नेताबीच लामो वार्ता भएको हो ।

एमाले अध्यक्ष ओलीसँग वार्ताका लागि प्रचण्ड शुक्रबार दिउँसो एक बजे बालकोट पुगेका थिए । उनीहरुबीच ४ बजेसम्म विभिन्न विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

छलफलमा संयुक्त कार्यदलले राष्ट्रियसभा गठनका बिषयमा दिएको प्रतिवेदनमा व्यापक छलफल भएको र त्यसलाई आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने निर्णय भएको छ ।

यसैगरी दोस्रो, प्रदेश सरकार गठनका बिषयमा पनि दुई अध्यक्षबीच छलफल भएको छ । तेस्रो, पार्टी एकताका बिषयमा छलफल भएको छ । यसलाई अन्तिम रुप दिनका लागि भोलि भोलि पुनः थप गृहकार्य गर्ने गरी छलफल गर्ने र सात गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको अधिकारीले बताए ।