दीपकराज र दीपाश्री अब छक्कापञ्जा– ३ को तयारीमा

२०७४ माघ ५ शुक्रवार
NewsDesk Shikharnews

काठमाडौं, ५ माघ । चर्चित हाँस्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौला छक्कापञ्जा– ३ को तयारीमा लागेका छन् । उनीहरुले आगामी फूलपातिको दिन रिलिज गर्नेगरी “छक्कापञ्जा– ३”को काम थालिएको दीपकराज गिरीले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

चर्चित कलाकार दीपकराज गिरीले छक्कापञ्जा– ३ का लागि उत्कृष्ट छायाँकार पुरुषोत्तम प्रधानसँग सम्झौता गरेको जानकारी दिएका छन् । उनले बैशाखदेखि छक्कापञ्जा– ३ को छायाँकन शुरु हुने बताएका छन् ।

“छक्का पन्जा ३” को लागि उत्कृ्ष्ट छॉयाकार पुरूषोत्तम प्रधान संग सम्झौता गरीयो……. बैशाख देखि छॉयाकन सुरू !!! “छक्का पन्जा ३ फूलपातिको दिन”

Posted by Deepak Raj Giri on Friday, January 19, 2018