रोबर्टले यसरी खोस्दैछ प्रहरीको जागीर

२०७४ माघ ८ सोमवार
Newsdesk Shikharnews

मेसिनले मानिसलाई क्रमशः बिस्थापित गर्दै गएका परिघटना त बेलाबेलाम सार्वजनिक भएका छन् । उद्योग, कलकारखाना लगायतका स्थानमा रोबोटको प्रयोगबाट बढी काम गराएर बढी फाइदा लिएको पनि हामीले सुनेकै हौं । कतिपय खबरहरुमा त मेसिनले मानिसलाई विस्थापित गर्दा मानविय संकट आउने र त्यो निकै भयावह हुने अनुमान गरिएका विवरण पनि बाहिर आएकै छन् । तर पछिल्लो एउटा रोबोटसँग जोडिएको घट्ना भने आश्चर्यजनक नै रहेको छ । संयुक्त अरब इमिरेट्स (दुबई)ले विश्वमै पहिलो पटक रोबोटलाई प्रहरीको ड्युटीमा परिचालन गरेको छ ।

प्रहरीको ड्युटीमा परिचालन गरिएको यो रोबोटलाई हाल शपिङ मल र पर्यटकीय स्थलको सुरक्षामा खटाइएको छ । दुबई सरकारले रोबोटको प्रयोग अन्य क्षेत्रमा पनि गरिने जनाएको छ । दुबईमा प्रयोग गरिएको यो रोबोटसँग मानिसले रोबोट समक्ष अपराधका सूचनाहरु पनि टिपाउन सक्ने जनाइएको छ । रोबोटले जरिवाना असुल्ने, यसको छातीमा लगाइएको टच स्क्रिनका मद्दतले सूचना हासिल गर्न सकिने अधिकारीहरुको भनाइ छ । दुबई प्रशासनले सन् २०३० सम्ममा प्रहरी बलको २५ प्रतिशत हिस्सामा रोबोट परिचालन गर्ने लक्ष्य लिएको छ । तर प्रहरी सेवाबाट मानिसलाई नै विस्थापन गर्ने उद्देश्य भने नरहेको अधिकारीहरुले जनाएका छन् ।