जिल्ला स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न

२०७४ माघ १६ मंगलवार
Newsdesk Shikharnews

माधव बेल्वासे, कपिलवस्तु, १६ माघ
कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा ७७ औ शहीद दिवशको अवशरमा जिल्ला स्तरीय खुला कविता वाचन तथा लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्लामा विभिन्न ठाउका साहित्यअनुरागहरु प्रतियोगितामा सहभागि भएका थिए ।शिवराज नगरपालिकाको सहयोग र शिवगढी साहित्य संगमको आयोजनामा भएको प्रतियोगीहरुले आफ्नो रचनालाई वाचन गरेका थिए ।

२२ जना सहभागि भएको प्रतियोगीतामा प्रथम समिर सायर, दिर्तिय प्रकाश पाठक,तृतिय नारायण दत्त घिमिरे,सन्तवना सरिता बलामी भएका छन । विजेताहरुलाई नगद,प्रमाण पत्र मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ ।
कार्यक्रममा वोल्दै प्रदेश सभा सदस्य अर्जुन केसी विश्वका मुलुकहरु साहित्यिक प्रज्ञीक क्षेत्रमा लगानी लगाउने सफल भएको वताए ।

नेपालमा साहित्यीक क्षेत्रलाई अव व्यावस्थित बनाई त्यसतर्फ लगानी गर्नुपर्ने केसीले वताए । कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रमा रहेको शिवगढी साहित्य संगमले सवै साहित्यीकअनुरागीहरुलाई एक जुट बनाई उनको प्रतिभालाई सम्मान गरेकोमा धन्यवाद दिए । पश्चिमको वाके नेपालगञ्ज हुदै रुपन्देही सम्मलाई समेटेर कार्य गर्न सक्ने एक सफल सस्था शिवगढी साहित्य संगम रहेकोमा प्रशंसा गरे ।

त्यस्तै कार्यक्रममा वोल्ने अन्य वक्ताहरुलाई शिवगढी साहित्य संगमलाई स्थानिय निकायहरुले सहयोग गर्नुपर्ने धारण राखे ।अन्य देश तथा ठाउमा साहित्य क्षेत्रमा धेरै लगानी गर्ने गरेको भएपनि यस क्षेत्रमा भने त्यस्तै हुन नसकेकोमा चिन्ता प्रकट गरे ।

सस्था दर्ता गर्दा देखी सस्थाका सदस्यलाई केहि रकम उठाउन लगाएर विभिन्न कार्यक्रमहरु गरिरहेकोले अव यस क्षेत्रका प्रतिभालाई स्थान दिनको लागी सहयोग आवश्यक रहेको संगमका अध्यक्ष अर्जुन शरले वताए ।कार्यक्रममा शिवराज नगरपालिककी उपप्रमुख शिवकुमारी थारु,प्रशासकिय अधिकृत शेसकान्त पौडेल,इलाका प्रशासन चन्द्रौटाका जगदीश अर्याल लगाएतको सहभागीता रहेको थियो ।अर्जुन शरको अध्यक्षता रहेको कार्यक्रमको संचालन हेमराज शर्माले गरेका थिए ।