खग्रास चन्द्रग्रहण के हो ?

२०७४ माघ १७ बुधवार
Newsdesk Shikharnews

बुधबारको साँझ खगोल शास्त्रीहरुका लागि विशेष महत्वपूर्ण रह्यो । नेपालमा बेलुका पाँच बजेर ३३ मिनेटमा शुरु भएको खग्रास चन्द्र ग्रहण आठ बजेर ५६ अर्थात तीन घन्टा २३ मिनेट लामो रहेको थियो । यसैगरी चन्द्रमा पृथ्वीबाट अत्याधिक नजिक रहेकोले गर्दा चन्द्रमाको आकार पनि बुधबार ठुलो देखिएको थियो । खगोल शास्त्रीहरुले यस्तो अवस्थालाई सुपरमुन भन्ने गरेका छन । यस्तो दुर्लभ खगोलीय घटना सन १८ सय ६६ मार्च ३१ अर्थात १ सय ५२ वर्ष अघि मात्र देखा परेको थियो ।

चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा वृताकार बाटो छोडेर अन्डाकार पथमा परिक्रमा गर्ने गर्दछ । यसरी परिक्रमा गर्ने क्रममा कहिले पृथ्वीको नजिक आउँछ त कहिले टाढा जान्छ । औंशी वा पुर्णीमाको बेलाचन्द्रमा नजिक आएको चन्द्रमालाई सुपरमुन भन्ने गरिन्छ । यसैगरी सुर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा हुनु र सुृर्य र चन्द्रमाको बीचमा पृथ्वी आउने अवस्थालाई चन्द्र ग्रहण भन्ने गरिएको छ । बुधबार ग्रहणको बुधबार चन्द्रमा पृथ्वीबाट करिब ३ लाख ५८ हजार किलोमिटर दुरीमा मात्र रहेको थियो । पृथ्वी र चन्द्रमाको औंसत दुरी ३ लाख ८४ हजार किलोमिटर हो । यसैगरी ग्रगोरियन पात्रो अनुसार एउटा महिनामा दुईवटा पूर्णिमा परे दोस्रो पूर्णिमालाई ब्लुमुन भनिन्छ । जनवरीको २ तारिख र बुधबार जनवरीको अन्तिम दिन ३१ तारिख पूर्णिमा परेको छ ।