मोदीले हाले लेखनमा हात

२०७४ माघ २० शनिवार
NewsDesk ShikharNews

काठमाडौं, माघ २० । भारतीय प्रधानमंत्री नरेन्द्र मोदीका बारेमा थुप्रै किताबहरू लेखिएका छन् तर अब उनी आफैं लेखक बनेर सामुन्ने आएका छन् । उनले लेखेको एउटा पुस्तक ‘एक्जाम वारियर्स’ आज विमोचन हुँदैछ ।

विशेष गरी विद्यार्थीहरूलाई लक्षित गरी लेखिएको यस पुस्तकमा दस र बाह्र कक्षाका विद्यार्थीहरूलाई परीक्षाको समय हुने तनाव कसरी कम गर्ने भन्ने बारे टिप्स दिइएको छ ।

यस पुस्तकको विमोचन कार्यक्रममा विदेशमंत्री सुषमा स्वराज प्रमुख अतिथि रहने कार्यक्रम रहेको छ ।
यस पुस्तकमा अन्तरक्रियात्मक शैलीमा विद्यार्थीहरूलाई विभिन्न सुझावहरू दिइएका छन् । यसको प्रकाशन पेंगुइन पब्लिशर्सले गरेको हो ।