भ्रुणहत्या ! (कविता)

२०७४ माघ २१ आइतवार
Newsdesk Shikharnews

स्लाे पाेइजन

म जन्मदै नजन्मि
मेरो लिङ्ग परिक्षण
गर्दैगर्दा,
मेरो कुन्चै अंगको
कुन्चै भाग देख्यौ
डा .साप,
तिमिले मेरो जुन्चै अंग देख्दा,
त्यही अंग लिएर जुन्झै चम्किएकी
तिम्री आमालाई किन देखेनौ?

तिमिले मेरो जुन्चै अंग देख्दा,
हर रात त्यही अंगमा रैंदालो गर्ने
रतिछ्यानकि अबोध सतिसावित्री
पत्नीलाई किन सम्झेनौ??

मेरो जुन्चै अंग देख्दा,
बाबाले बजारमा किनिदिएको
एउटा चुइङ्गमको
आधा भाग आफू खाई
आधा भाग तिमिलाई ल्याइदिने
तिम्री दिदिको मायालु मुहार
किन पढेनौ ?
अनि…
मेरो जुन्चै अंग देख्दा,
भर्खरै तिम्रो गोडामा
घुगुती खेलेर दगुर्दै गरेकी
तिम्री छोरिको छवि
किन नियालेनौ !
डा.साप,
तिम्ले मेरो कुन्चैअंग देख्दा,
मेरि आमा गर्भवती नभएर
गर्भ क्षति गर्न पुगिन !!
भगवान ,
एउटा सवाल तिम्लाई
तिमी कैले गर्भवती हुन्छौ ??

याे भिडियाे पनि हेर्नुहाेस