टाट पल्टेर धरासायि बनेको सिमेन्ट उधोग लाई निजीकरण हुन बाट जोगाउदै महाप्रबन्धक

२०७४ माघ २५ बिहीवार
Newsdesk Shikharnews

उदयपुर, २५ माघ ।  २०४५ साल देखी जापान सरकारको सहयोगमा बनेर टाट पल्टेर धरासायि बनेको एसियाको दोस्रो सिमेन्ट उधोग उदयपुर सिमेन्टलाई निजीकरण हुन बाट र सरकारी निकाय मार्फत नै काम संचालन गर्ने को लागी आफु लागी परेको महाप्रबन्धक सुरेन्द्र पौडेल ले बताएका छन ।

२०४९ साल देखी उत्पादन शुरु गरेको सो उधोगको उत्पादन क्षमता दैनीक ८१५ टन भएको र जापान सरकारले हस्तान्त्रण गरेदेखीको अहिले सम्मकै उत्पादनमा हालको उत्पादन सबैभन्दा धेरै दैनिक ७१५ टन सम्म  हुन थालेको उधोग ले जनाएको छ ।

हाल उत्पादन गरीएको भन्दा अझ धेरै उत्पादन गर्नसक्ने गरी प्रक्रिया अगाडी बढाएको महाप्रबन्धक पौडेल ले बताए । उनले भने ‘हामी सँग अझपनी ६ करोड ९० लाख मेट्रीक टन चुनढुगांको खानी सुरक्षित रहेकोले उधोगको उत्पादन क्षमता दैनीक ८१५ टन सम्म उत्पादन गर्ने सक्ने भएकाले सरकारले यसलाई निजीकरण भन्दापनी बरु सरकारी लगानी नै बढाएर सिमेन्ट उत्पादन गरेमा देशको ६० देखी ७० प्रतिशत सम्म बजारमा गैडा छापको उदयपुर सीमेन्ट पठाउन सकिन्छ ।’

उनले भने म आएपछी उधोगमा उत्पादन क्षमता बढाएको र आफुले मन्त्रालय सम्म पहल गरी त्यस उधोगबाट निस्कीने धुवा धुलो को प्रदुषण नियन्त्रण गर्नेको लागी ३ करोड रुपैयाको लागतमा धुलो धुवा प्रदुषण मेशीन समेत स्थापना गरी प्रदुषण बाट जनताले खेपीरहेको सास्ति समेत समाधान गरेको बताए ।

सरकारले अझ लगानी गरेर भएपनी अहिलेको सँख्यामा रहेको दक्ष जनशक्ती लाई नै उपयोग गरी राम्रो सँग काम गराएमा यस उधोगबाट सरकार र स्थानीय सबैलाई फाईदा हुने र उधोग ले नीजीकरण हुनबाट जोगीने र उत्पादनमा बृद्दी समेत हुने महाप्रबन्धक सुरेन्द्र पौडेल ले बताए ।

अश्विन खड्का