यी हुन् राष्ट्रियसभामा मनोनीत हुने ३ भाग्यमानी सांसद

२०७४ माघ २६ शुक्रवार
NewsDesk Shikharnews

काठमाडौं, २६ माघ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रियसभामा मनोनीत हुने ३ जनाको नाम सिफारिश गर्ने जिम्मा दिएलगत्तै राष्ट्रियसभामा मनोनीत हुने ३ भाग्यमानीको नाम पनि सार्वजनिक भएका छन् । सरकारले राष्ट्रिय सभामा ३ सदस्य मनोनयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको बताइएको छ ।

सिफारिशमा परेका नामहरुमा गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशी भएको बताइएको छ । लाई मनोनयनको सिफारिस गरेको हो । उनीहरु संविधानको धारा ८६ को २ (ख) अनुसार मनोनीत हुन थालेका हुन् । शुक्रबार बसेको मन्त्रिपरिष्द बैठकले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनयनको सिफारिस गरेको बताइएको छ । यसअघि मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई ३ राष्ट्रियसभा सदस्य मनोनीत गर्ने जिम्मा दिएको बताइएको थियो ।

सरकारको यो मनोनयनसँगै राष्ट्रियसभाले पूर्णता पाउने छ । सरकारको सिफारिस गरेका ३ जनामध्ये दुईजना कांग्रेसमा क्रियाशील नेता हुन् । जोशी कांग्रेस शुभेच्छुक हुन् । उनी सामाजिक क्षेत्रका काममा आबद्ध छन् । बस्नेत झापाका पुराना कांग्रेस नेता हुन् । उनी झापा जिल्ला कार्यसमितिका पूर्व सचिव समेत हुन् । २०५१ सालको मध्यावधि निर्वाचनमा पराजित भएपछि उनी क्रियाशील राजनीतिबाट सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका थिए । साहित्यिक र व्यवसायिक क्षेत्रमा समेत क्रियाशील बस्नेत प्रधानमन्त्री देउवाका विश्वासपात्र मानिन्छन् ।

अर्का मनोनीत हुन थालेका पौडेल कांग्रेसका मुख्य सचिव हुन् । शेरबहादुर देउवा पार्टी सभापतिमा आएपछि उनलाई केन्द्रीय कार्यालयको मुख्यसचिवको जिम्मेवारी दिएका थिए । नेविसंघबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका पौडेल मुख्यसचिव हुनुअघि शिक्षक संघ र ट्रेड युनियन कांग्रेसमा आबद्ध थिए ।