रोनाल्डोले नेइमारलाई ‘नो’ भनेपछि…

२०७४ माघ २७ शनिवार
NewsDesk ShikharNews

स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आउँदो समर विण्डोमा क्लब भित्र्याउनु पर्ने पाँच खेलाडीको सूचि दिएका छन् । तर उनले नेइमारका लागि भने ‘नो’ भनेको खबरमा उल्लेख छ ।

साबिक विजेता रियल मड्रिडले यो सिजन ला लिगामा खराब प्रदर्शन गरिरहेको छ र चौथो स्थानमा रहेको रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १९ अंकले पछि छ ।

रियल मड्रिड अहिले आफ्नो टिममा राम्रा खेलाडीको कमी पूर्ति गर्नका लागि तयारीमा जुटेको छ । यसका लागि रोनाल्डोले आउँदो समरमा साइन गर्नुपर्ने पाँच खेलाडीको नाम दिएका हुन् ।

तर रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले भित्र्याउन चाहेका पेरिस सेन्ट–जर्मेन (पिएसजी) का नेइमारका लागि भने रोनाल्डोले स्वीकृति नदिएको स्पेनिस सञ्चारमाध्यमले बताएका छन् ।

सहज जितरोनाल्डोले आउँदो सिजन गोलरक्षकमा डेविड डी जिया र थिबाउट कोउर्टोइस, सेन्टर ब्याकमा लियोनार्डो बोनुकी वा माक्विन्होस, यस्तै साइट ब्याकमा अल्भारो ओड्रिओजोला तथा पिएसजीका गोन्कालो गुइडेसलाई अनुबन्ध गर्न सुझाव दिएको डाएरिओ गोलले जनाएको छ ।

यस्तै स्ट्राइकमा नेइमारको सट्टा इन्टर मिलानका काउरो आइकार्डीलाई क्लब भित्र्याउन रोनाल्डोको सुझाव छ ।